
काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयका मुख्य सहायक हिरालाल यादवविरुद्ध नक्कली प्रमाणपत्रको आरोपमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा उनीविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।
प्रवक्ता घिमिरेका अनुसार यादवको शैक्षिक योग्यताको प्रमाणपत्र आवश्यक छानबिनका लागि उजुरी परेको थियो ।
अनुसन्धानका क्रममा उनले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ मेडिकल एन्ड एलाईड साईन्सेज (पीयूसीएमएएस)मा मुख्य सहायक कम्प्युटर पदमा अस्थायी नियुक्ति तथा पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट, विराटनगर (पीयूएसओएम)मा स्थायी नियुक्तिका लागि नक्कली प्रमाणपत्र पेश गरेको पुष्टि भएको थियो ।
उनले भारतको केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सीवीएसई)अन्तर्गत महाराजा अग्रसेन पब्लिक स्कूल अशोक विहार न्यू दिल्लीबाट जारी भएको देखिएको प्रवीणता प्रमाणपत्र वा सो सरहको झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी मुख्य सहायक (कम्प्युटर) पदको सेवा, सुविधा उपभोग गरेको पुष्टि भएको आयाेगले जनाएकाे छ ।
उनीविरुद्ध कैद र जरिवाना दुवै सजायको मागदाबी सहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएकाे हाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच