
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन उपयुक्त हुने बताउनु भएको छ ।
विपक्षी ६ दलहरुको तर्फबाट संयुक्त वक्तव्य जारी गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले प्रधानमन्त्री ओलीले राजीनामा दिनु नै उपयुक्त हुने बताउनु भएको हो ।
विपक्षी दलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सहकारी पीडितहरूलाई न्याय दिनुको साटो उल्टै थप पीडा दिने किसिमले सहकारी अध्यादेश जारी गरिएको छ ।’
उहाँले भन्नुभयो ‘गठबन्धन गर्दा जे भनेर गरिएको थियो, ती कामहरु केही पनि अगाडि बढेका छैनन् । संविधान संशोधन प्रधानमन्त्री आफैंले ०८७ मा मात्रै हुन्छ भनेपछि त अन्य सुशासनबारे भनिएका कुरा पनि उल्टो बाटोमा हिँडिसकेपछि नैतिक रुपले सरकारले सरकारमा बसिराख्ने आधार गुमाएको छ भन्नु हामीले सरकार खोजेको अर्थ लाग्दैन । सरकारले त्यो अधिकार गुमाएको छ । नैतिकताको आधारमा सरकारले राजीनामा दिनु नै उचित हुन्छ । त्यसको अर्थ हामी सरकारमा जान हतारियको भन्ने अर्थ लाग्दैन ।’
पत्रकार सम्मेलन गर्नुअघि विपक्षी दलहरूको बैठक बसेको थियो । बैठकले साझा धारणासहितको विज्ञप्ति जारी गरेको छ ।
नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीले वर्तमान सरकारको गलत कार्यशैलीका कारण अर्थतन्त्र समस्याग्रस्त बन्दै गएको बताएका छन् ।
उनीहरुले बहुमतको दम्भमा सरकारले एकपछि अर्को चाल्दै आएका यस्ता कैयन् जनविरोधी कार्यको जनस्तरबाटै चर्को विरोध हुन थालेपछि संसदमा प्रतिरक्षा गर्न नसकी अध्यादेशको भर पर्नुपर्ने अवस्थाले सत्तारुढ गठबन्धनले सरकार सञ्चालनको नैतिक आधार गुमाइसकेको बताए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच