एजेन्सी । सेल्टा भिगोलाई अतिरिक्त समयमा ५-२ ले पराजित गर्दै रियाल मड्रिडले क्वार्टरफाइनलमा स्थान बनाएको छ । बिहीबार रियालको घरेलु मैदान स्यान्टियागो बर्नाबेउमा दुवै टोलीले निर्धारित समयमा २-२ गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । रियालका लागि एन्ड्रिकले दुई तथा किलियन एमबाप्पे, भिनिसियस जुनियर र फेडेरिको भाल्भर्डेले समान एक गोल गर्नुभयो । सेल्टा भिगोेका लागि जोनाथन बम्बा र मार्कस अलन्सोले गोल गर्नुभयो ।
खेलको ३७औं मिनेटमा एमबाप्पेको गोलमार्फत रियालले अग्रता लिएको थियो । ४८औं मिनेटमा भिनिसियसले टोलीको अग्रता दोब्बर बनाउनुभयो । बम्बाले ८३औं मिनेटमा सेल्टाका लागि एक गोल फर्काउनुभयो । इन्जुरी सायमा अलन्सोले पेनाल्टीमार्फत गोल गर्दै सेल्टालाई २-२ को बराबरीमा ल्याउनुभयो ।
एन्ड्रिकले १०८औं मिनेटमा गोल गर्दै रियाललाई ३-२ ले अगाडि बढाउनुभयो । ११२औं मिनेटमा भाल्भर्डेले टोलीका लागि चौथो गोल गर्नुभयोे । खेल सकिन एक मिनेट बाँकी रहँदा एन्ड्रिकले व्यक्तिगत दोस्रो गोल गर्दै रियाललाई सहज जित दिलाउनुभयो । बिहीबारै सम्पन्न अन्य खेलमा रियाल सोसिडाडले रायो भायकोनोविरुद्ध ३-१ र ओसुनाले एथलेटिक्स क्लब बिल्बाओविरुद्ध ३-२ को जित निकाल्दै क्वार्टरफाइनलको यात्रा तय गरेका छन् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच