
✍️ सुरेशकुमार भट्ट
हाम्रो देशमा माओवादी नामको विद्रोह सुरु हुनुपूर्व देवदेवालय, घाट, पर्व र संक्रान्तिमा नेपालका खासगरी गण्डकी क्षेत्रमा विशेषगरी गोरखा अनि लमजुङ, तनहुँमा चार-पाँँच दिनसम्म हाटबजार जात्रा लाग्ने हुँदा स्थानीय उत्पादनका सामान किनबेच र लोकदोहोरी गीत, नाच, भजन, चुड्का, जुवाका खाल हुन्थे । मानिसहरू लर्ने पिटापिट गर्ने गर्थे । तिनै लर्नेहरूलाई समेटेर माओवादी र राज्य सरकारबीच हिंसात्मक विद्रोह सुरु भयो । त्यसैले होला २०५२ सालदेखि घट्दै गएर २०५४/०५५ मा आइपुग्दा सुरक्षाको कारण पनि सारा जात्रा बन्द भयो । कति गीति संकृति त लोप नै भए तर त्यसअघि चलेका जात्रा र जुवाबारे कस्ता थिए यस कथामा बखान गरिनेछ ।
एउटा गाउँमा धेरै जुवाडेहरू थिए । तीमध्यका एकजना बहुतै भिन्न खालका जुवाडे थिए । उनी आफूलाई विशिष्ट दर्जाको जुवाडे ठान्थे । मान्छे अति महत्वाकाङ्क्षी थिए । बेलाबेला असम्भव कुराको समेत कल्पना गरिरहने बानी थियो । सँगै हिँडिरहेको मानिसलाई अनयाशै प्रश्न सोध्दथे । ‘ए जुवाइँ, तपाईंलाई कस्तो लाग्छ ?’ ‘के कस्तो लाग्ने भन्नु भा ?’ ‘होइन-होइन बेलाबेला पैसाको सम्झना आउँदैन ?’ ‘खोइ लिनुदिनुको बाहेक केही नि आउँदैन ।’
आज हामी पनि कतै जुवाडे झैँ ‘हारे हरौटी, जिते जितौरी’ बाँडिरहेका त छौनौँ ?’ जेमा र जुनसुकै काम कुरामा पनि भ्रष्टाचार नै जोडिएर आइरहेको छ । कोरोना जस्तो महामारी र दुःखद् काममा खाएको हरौटी र सुखद् दरबार व्यवस्थापन वाइडबडीमा खाएको के जितौरी त होइन ?
‘धत्तेरी सुन्नुस् मलाई त यसरी बाहिर हिँडेर घरमा पुगेर तलामा हेर्दा भकारीभरी पैसा भाँडाकुँडा सबै सुन भइरहे पो हुन्थ्यो जस्तो लाग्छ । राति सपनामा पनि रेलमा कुद्छु, कहिले हावजातमा उड्छु, एकदिन राति त ठूलो समुद्रको पानीजहाजमा चढेछु झ्याप्पै डुबिहाल्यो । म त लौन बचाऊ, लौन बचाऊ भनेर कहालिएछु र गोहीलाई समात्न पुगेछु । आत्तिएर बिउँझिँदा सबैजना के भो के भो ? भन्दारहेछन् । म भने के हुनु नि सपना देखेर बरबराएछु भन्दोरहेछु ।’ ‘छाड्नुस् यस्ता मनगणन्ते कुरा ।’ ‘यसो मनमा लाग्या कुरा आफ्ना मान्छेलाई भनिहाल्या नि ।’
अरू जुवाडेहरू हारे भने मरेको बिरालो काखी च्यापेर ठिमी जाने बाटो कता हो ? कुन हो ? हँ भनेर सोध्लान् जस्ता भएर फर्कन्थे तर उनी जुवा हारेको दिनमा कसैसँग यसो ऋण/सापटी गरेर भए पनि पकेटमा पैसा राखेर हाँसी खुशी घर फर्कन्थे । घरमा पुगेपछि हारेर जाँदा पनि केटाकेटीहरूलाई बोलाएर त्यति हारेर त के भयो तिमीहरूलाई १०/२० दिँदा के फरक पर्छ र ? बरू आओ म तिमीहरूलाई हरौटी दिन्छु ल नानी बाबु भनेर एक-दुईका दरले भुराहरूलाई हरौटी बाँड्थे ।
भुरा रमाएर जितेर आएर धेरै दिनु है भन्दै फुरफुर पर्दै जान्थे । जब उनी जुवा जितेर घर फर्कन्थे घर गाउँका भुरा बोलाएर जितौरी बाँड्थे । सबै भुराहरू फेरिनि जित्नु है भन्दै रमाउँदै फर्कन्थे । यसरी रमाइलोसँग चलेको थियो ती जुवाडेको जीवनी । सबैको आ-आफ्नो विचार हो । उनका यी क्रियाकलाप कतिलाई मन पर्ने कति नपर्ने भए पनि उनी आफ्नो बिबेकमा रमाएर चलिरहेका थिए । ‘हारे हरौटी, जिते जितौरी’ । यो ती जुवाडेको नित्य कर्म नै थियो ।
उनको जिउ पनि अचम्मकै थियो । हाटमा पाँच दिनसम्म खाइरहने जुवा खेलिरहने तर दिसा जङ्गल जानै नपर्ने । त्यसो त जिउ पनि अग्लो लामालामा पासुला पेट पनि लामो त्यही भएर हो कि जति खाए पनि चार-पाँच दिनसम्म तुम्बा खन्याउनै नपर्ने, खान नरोकिने जिउ पनि पाएका हुन् सुब्दार कान्छाले । भन्थे सँगीसाथीहरू ।
माहात्म्य :
आज हामी पनि कतै तिनै जुवाडे झैँ नै ‘हारे हरौटी, जिते जितौरी’ बाँडिरहेका त छौनौँ ?’ जेमा र जुनसुकै काम कुरामा पनि भ्रष्टाचार नै जोडिएर आइरहेको छ । कोरोना जस्तो महामारी र दुःखद् काममा खाएको हरौटी र सुखद् दरबार व्यवस्थापन वाइडबडीमा खाएको के जितौरी त होइन ? प्रश्न सरकारभन्दा पर अख्तियारलाई किन नगर्ने ? अनि त्यो ट्रान्सप्यारेन्सी कता टाँसिएको छ ? भ्रष्टाचारविरोधी एनजीओको प्रपोजल पनि आस्थाको जलमै पौडी खेलिरहेको छ कि ? कसो हो ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच