
श्रीमन्नारायणको आलेखसङ्ग्रह हो ‘बहुआयामिक महत्वका द्वीपक्षीय सम्बन्ध’ शीर्षकको पुस्तक । श्रीमन्नारायण प्रसिद्ध लेखक हुनुहुन्छ र उहाँ हिमालय टाइम्स राष्ट्रिय दैनिकको स्तम्भकार पनि हुनुहुन्छ । उहाँले यस दैनिकमा प्रकाशित तथा अन्यत्र प्रकाशित भएका आलेखहरू सङ्ग्रह गरी यो पुस्तक हालैमात्र प्रकाशनमा ल्याउनुभएको हो । विशेषगरी नेपाल-भारत सम्बन्धका विषयमा नियमित लेख्दै आउनुभएका उहाँको पुस्तकमा यस्तै विषयका आलेख सङ्ग्रहित छन् । यो सङ्ग्रहको प्रथम संस्करण हो । २०८१ साल असोजमा यो प्रकाशनमा आएको छ । सर्वाधिकार लेखकमै रहेको यस पुस्तकको कम्प्युटर सज्जा मुकेश बस्नेतबाट भएको छ । डिएमआई साइजको यस पुस्तकमा तौलयुक्त सेतो कागज प्रयोग भएको छ ।
यी लेखहरूले शीर्षकले बताए अनुसार नेपाल-भारत सम्बन्धका विविध आयाम समेटेका छन् । आर्थिक सांस्कृतिक, व्यावसायिक, विकास, निर्माण, कूटनीतिक सम्बन्धलगायत विविध विषय लेखहरूले समेटेका छन् । नेपाल भारतबीच रहिआएका केही सन्देह तथा कमजोर कूटनीतिका सन्बन्धमा पनि यस पुस्तकले समेटेका आलेखले प्रष्ट पार्न चाहेका छन् । लेखकको यो प्रयास प्रशंसनीय छ ।
छपाइ स्तरीय छ, तैपनि अशुद्धि भेटिन्छन् । पुस्तकमा भूमिका खण्डमा १० र पाठ्य खण्डमा १४६ गरी १५६ पृष्ठ छन् भने मूल्य ३०० रुपैयाँ छ । प्रतीक प्रकाशन समूह प्रा.लि.श्रीपुर वीरगञ्जमा यसको मुद्रण भएको छ । आवरणमा प्याजी रङको पृष्ठभूमि छ । बीचमा नेपाल-भारतका झण्डा छन् । दुई देशको बलियो सम्बन्ध देखाउन दुई देशका शीर्ष व्यक्तिहरूको हस्तमिलन देखाइएको छ । माथि सेता ठूला अक्षरमा ‘बहुआयामिक महत्वका द्वीपक्षीय सम्बन्ध’ भनिएको छ भने सँगै कोष्ठमा साना अक्षरमा ‘आलेख सङ्ग्रह’ छ । तल लेखकको नाम छ ।
पृष्ठ आवरणमा फोटोसहित लेखकको चिनारी गराइएको छ । उहाँको व्यत्तिगत विवरण, पारिबारिक जानकारी, संलग्नता, लेखनलगायत धेरै जानकारी यस पृष्ठबाट पाउन सकिन्छ । यसबाट उहाँबारे जान्न चाहनेका लागि पर्याप्त विवरण पाउन सकिन्छ । भूमिकाखण्डमा वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको ‘सार्थक प्रयास’, प्रतीक दैनिको प्रधानसम्पादक जगदीशप्रसाद शर्माको ‘शुभकामना’ र लेखकको ‘दुई शब्द’ छन् । यसपछि विषयसूची छ । यसबाट यस पुस्तकमा ४६ वटा आलेख रहेको जानकारी पाइन्छ । यी आलेखहरू दैनिक पत्रिकामा प्रकाशित हुने लेख भएका कारण शीर्षकहरू सोही अनुसारका छन् । दुई शब्ददेखि आठ शब्दसम्मका शीर्षक छन् ।
लेखमध्ये अधिकांश तीन पृष्ठका छन् र कुनै-कुनै चार पृष्ठसम्मको फैलावटमा छन् । पाठकका लागि लेख पठनीय छन् र छोटाछोटा आलेख भएकाले पढ्न झन्झटिला छैनन् । यी लेखहरूले शीर्षकले बताए अनुसार नेपाल-भारत सम्बन्धका विविध आयाम समेटेका छन् । आर्थिक सांस्कृतिक, व्यावसायिक, विकास, निर्माण, कूटनीतिक सम्बन्धलगायतका विविध विषय लेखले समेटेका छन् । नेपाल-भारतबीच रहिआएका केही सन्देह तथा कमजोर कूटनीतिका सन्बन्धमा पुस्तकले समेटेका आलेखले प्रष्ट पार्न चाहेका छन् । लेखकको यो प्रयास प्रशंसनीय छ ।
भारत-नेपाल दुई मित्रराष्ट्र र छिमेकी देशमात्र होइनन् आपसी सामाजिक सांस्कृतिक धार्मिक ऐतिहासिक एवं पुरातात्विक सम्बन्धमा समेत समान छन् । यी दुई देशबीच ‘रोटी र बेटीको सम्बन्ध’ रहँदै आएको छ भन्ने भनाइ नै छ । यसको सार्थकताको पुष्टि गर्न श्रीमन्नारायणको यस पुस्तकले प्रयास गरेको छ । पुस्तकका लागि उहाँलाई हार्दिक बधाई र पुस्तकको सफलताको शुभकामना । साथै उहाँको लेखनले निरन्तरता पाइरहोस्, यस्ता अन्य पुस्तक आई रहून्, उहाँलाई अग्रीम शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच