
✍️ किरण पोखरेल
कृष्णहरि बास्कोटाद्वारा लिखित ‘खुसीको गोरेटो’ नाम पुस्तक हालै बजारमा आएको छ । सांग्रिला बुक्सद्वारा प्रकाशित यो पुस्तकमा दुई दर्जन सामग्री समेटिएका छन् । यो पुस्तकले विद्यार्थी र शिक्षकलाई पढ्ने र पढाउने कला सिकाउन खोजेको छ भने राजनीति र प्रशासनलाई आमजनताको भलो चिताई काम गर्न आहृवान गरेको छ । पुस्तकले उद्योगी र व्यापारीलाई मुलुकको आर्थिक समृद्धिमा सहभागी हुन र आमपाठकलाई सकारात्मक सोचको माध्यमद्वारा खुसी रहन सुझाएको छ । पुस्तक सबै प्रकारका पाठकलाई पठनीय र संग्रहणीय छ । लेखकले पुस्तक लेखनमा खर्चिएको समय र संग्रहित सूचना र सामग्रीको पहाडलाई मनन् गर्दा लेखकको परिश्रमका लागि हार्दिक साधुवाद ज्ञापन गर्न करै लाग्छ ।
जीवनको महत्वपूर्ण कुरो यही छ । यसर्थ, हरेक पाठकलाई घोत्लिन कर लाग्छ, आखिर मानिस किन दुःखी छन् ? यसको कारण मानिसहरू निकै नकारात्मक हुँदै गएको सन्देश पुस्तकले दिएको छ । तुलनात्मक रूपमा आफ्नो काममा सधैं व्यस्त रहने मानिस प्रायः खुसी हुन्छन् । अर्काको भलो चिताउने व्यक्ति स्वतः सुखी र खुसी हुन्छन् । र, संसारमा सुखी मानिस ती होइनन्, जसले धेरै पाएका छन् ।
जीवनको घुम्ती शीर्षकमा लेखिएको छ ‘यो संसारमा प्रत्येक मानिस सुखी हुन खोज्छ, खुसी हुन चाहन्छ । तै पनि मानिस दुःखी छन् ।’ जीवनको महत्वपूर्ण कुरो यही छ । यसर्थ, हरेक पाठकलाई घोत्लिन कर लाग्छ, आखिर मानिस किन दुःखी छन् ? यसको कारण मानिसहरू निकै नकारात्मक हुँदै गएको सन्देश पुस्तकले दिएको छ । तुलनात्मक रूपमा आफ्नो काममा सधैं व्यस्त रहने मानिस प्रायः खुसी हुन्छन् । अर्काको भलो चिताउने व्यक्ति स्वतः सुखी र खुसी हुन्छन् । र, संसारमा सुखी मानिस ती होइनन्, जसले धेरै पाएका छन् । सुखी मानिस त ती हुन्, जसले अरूलाई दिएका छन् । जस्ता वाक्यहरू पढिरहँदा पुस्तकको सार्थकता स्वतः प्रमाणित हुन्छ । पुस्तक दिव्य छ ।
पूर्वप्रशासकको रूपमा ख्याती प्राप्त लेखक बास्कोटाको विनयशीलताको प्रसंगले उनको उचाइ बढाएको महसुस हुन्छ । उनी सामान्यतः भेटिएका मानिससँग कुराकानी गर्न उत्सुक देखिइन्छन् । हस्, हजुरलगायतका आदरार्थी शब्द प्रयोग गर्न कन्जुस्याइँ गर्दैनन् । यस्ता व्यवहारबाट प्राप्त लाभलाई आत्मपरक शैलीमा उतार्दै उनले आमपाठकलाई विनयशील हुन उत्प्रेरित गरेका छन् । मूल कुरो, लेखककै शब्दमा भन्नु पर्दा ‘सबै जना विश्वलाई बदल्नेबारे सोच्छन् । तर आफैंलाई बदल्नेबारे भने कसैले पनि सोच्दैनन् ।’ पुस्तकमा यस्ता अमूल्य सन्देशहरू हरेक खण्ड र वाक्यमा उल्लेख हुनु पुस्तकले जीवन र जगत्बारे बुझाउन खोजेको मर्म स्पष्ट हुन्छ ।
खुसीको गोरेटो पुस्तकमा सरल भाषामा बानीले बानी पार्ने कुरालाई व्यख्या गरिएको छ । केही ठाउँमा लेखक क्रान्तिकारी रूपमा प्रस्तुत भएका छन् । उनको विचारमा सिन्दूर दलेका सबै ढुंगा देवता नै हुन् जस्तो लाग्दैन । टीका र चन्दन लगाई घाँटीमा माला भिर्दैमा धार्मिक व्यक्ति भइन्छ जस्तो पनि लाग्दैन । उनी अगाडि लेख्छन्, ‘नेपालीले रक्सी पिएर अच्चाक्ली गरे भन्ने सुनेर दुःखी भइरहेको छु ।’ यर्थाथमा, पुस्तकले समय गतिशीलतालाई र यो जान्दाजान्दै हामी समयको गतिसँगै बग्न सक्दैनौं भन्ने कुरालाई जोडका साथ उठाएको छ । मानिसको सोचमा परिर्वतन नआई यी कुराको सुधार गर्न नसकिने निश्कर्ष पुस्तकमा छ । यसका लागि एक सन्तले तीर्थालु गाउँलेलाई तीतो फर्सी दिँदै यो फर्सीलाई पनि गङ्गामा स्नान गराइदिन भनको कथासहितको उदारहण हाम्रो सोच परिर्वतनका लागि अत्यन्त उपयोगी छ भन्ने लाग्छ ।
गान्धी भन्नुहुन्छ, ‘तिम्रा दुईवटा कान छन्, दुईपटक सुन । दुईवटा आँखा छन्, दुईपटक हेर र पढ । एउटा मुख छ, एकपटक बोल ।’ यो कुरा बुझ- कहिलेकाहीँ मौन रहनु पनि ठूलो हतियार प्रयोग गर्नु हो । अर्को कुरा बुझ, बोल्न बुद्धि भए पुग्छ । तर मौन रहन बुद्धि र विवेक दुवै चाहिन्छ ।
अँध्यारोले अँध्यारो धपाउन सक्दैन । प्रकाशले सक्छ । घृणाले घृणा हटाउन सक्दैन । प्रेमले सक्छ । असल मित्र पाउनु भनेको एक हजार आफन्तबराबरको धनी हुनु हो भनिन्छ । राजा भार्तृहरि भन्छन्, ‘मित्रता यस्तो चिज हो जसले लिन होइन, दिन सिकाउँछ ।’ यस्ता ज्ञानप्रद वाक्यहरूले खुसीको गोरेटो कथाको गरिमालाई बढाएको छ ।
लेखकको लेखाई बजोड छ । बेरोजगार मानिस दुःखी हुनु स्वाभाविकै हो । तर, जब उसले रोजगारी पाउँछ, ऊ स्थायी रूपमा दुःखी हुन थाल्छ । यो विडम्बनाको विषय हो । किन यस्तो हुन्छ ? प्रश्न उठ्छ । मानिसले सुख खोजे सुख पाउँछ भने दुःख रोजे दुःख नै पाउँछ । अधिकांश मानिस दुःखी हुने प्रयासमा देखिन्छन् । जसको कारण खुसीको गोरेटो पुस्तक आवश्यक परेको लेखकको दाबी छ । लेखकको दाबी अस्वभाविक लाग्दैन ।
लेखकको सल्लाह छ, हामीले आफूलाई कदापि कमजोर ठान्नुहुँदैन । गान्धी भन्नुहुन्छ, ‘तिम्रा दुईवटा कान छन्, दुईपटक सुन । दुईवटा आँखा छन्, दुईपटक हेर र पढ । एउटा मुख छ, एकपटक बोल ।’ यो कुरा बुझ-कहिलेकाहीँ मौन रहनु पनि ठूलो हतियार प्रयोग गर्नु हो । अर्को कुरा बुझ, बोल्न बुद्धि भए पुग्छ । तर मौन रहन बुद्धि र विवेक दुवै चाहिन्छ । यसैले हामीले जोस निकाल्ने मात्रै होइन, होस् पनि राखेर काम गर्नुपर्छ भन्ने पुस्तकमा दिइएको सल्लाह महत्वपूर्ण छ ।
एउटा बट्टामा रहेका सलाईका काँटी हेर्दा सबै एउटै देखिन्छन् । तर तिनै काँटीकोमध्येको एकले अँध्यारो कोठामा दियो बालेर कोठालाई झलमल्ल उज्यालो बनाउँछ भने अर्काले वनमा डढेलो लगाएर वन नै सखाप पार्छ । यसर्थ, हामी असल हुने कोसिस गर्नुपर्ने लेखकको सल्लाह हृदयस्पर्सी छ । समग्रमा पुस्तक जीवनयापनका लागि सोच्नै पर्ने र जान्नै पर्ने कुराहरू खुसी जीवनका लागि साँच्चिकै उपयोगी छ । लेखक स्वयम् जति सरल छन्, उनको लेखाई त्यतिकै सरल छ । यही कारणले जीवन यापनका यस्ता महत्वपूर्ण विषय पढ्न सबैका निम्ति सहज हुनेमा द्विविधा छैन ।
Excellent book, writing simple messages universal truth. Great !!!