सर्लाहीका मुसहरको दयनिय अवस्था, ओड्ने देखि औछ्यान सम्म परालको भर

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 9 mins

सर्लाही । सर्लाही चन्द्रनगर गाँउपालिका-६ कामतकी रेखा राम बिगत ३० वर्ष देखि सानो फुसले छाएको छानो र बनमाराले घेरेको छाप्रोमा बस्दै आउनुभएको छ । सामान्यतया एक कोठे छाप्रोमा उँहाको घरमा ८ जानको ठुलो परिवार बस्दै आएका छन । उहाँका पतिसहित छोरा छाेरीहरु उक्त झुपडीमा बस्दै आएका छन् । बर्षौदेखी परिवारका सबै सदस्य एउटै कोठामा कष्ठकर जिवन बिताउँदै आएको रेखाले बताउनुभयाे । तराईको सितलहरको समयमा पातलो खरले छाएको छाप्रोमा पराल ओछायर परालकै सिरानी र ओडनी बनाएर रात गुजार्नु परेको उहाँ बताउनुहुन्छ । वर्षाको बेलामा पानी चुहिने समस्या छ भने जाडोको समयमा उनीहरुलाई जाडो कसरि कटाउने भन्ने पिर पर्ने गरेको छ ।

यस्तौ चन्द्रनगर-६ की जयकली देविको पनि समस्या पनि उस्तै छ । जयकली देवीको पनि पुष माघको कठांग्रीने जाडोमा खरले छाएको छाप्रोमा एकातिर गाई, बाख्रा र वस्तुभाउ बाधेर राख्नुभएकाे छ भने अर्का कुनामा परिवारका सदस्यहरु परालमाथि टाट बिछ्याएर रात कटाउन बाध्य छन् । गाई वस्तुको मल मुत्रको गन्धले सुत्न समेत गाह्राे हुने गरेको जयकलीले बताउनुभयाे । कहिले उज्यालो होला र बाहिर घुर तापेर जिउ तताउन पाईएला भनेर रात काट्ने गरेको उहाँको जिवनको भोगाइ छ भने कतिपय रातमा पनि सारै चिसो भएपछि रातीनै बाहिर आयर आगो ताप्ने गरेको तितो यथार्थ उहाँको जिवनमा परेको छ ।

तराईका माझी मुसहरलगायत दलित समुदायको वस्तिहरुमा बर्षातको समयमा पानी चुहिने र जाडोको मौसममा सितलहरको कारण गरिवहरुको जनजिवन कष्टकर हुँदै आएको छ । आफ्नो घर, जग्गा जमिन समेत नभएका भुमिहीन सुकुम्बासी, माझी, मुसहर तथा दलित समुदाका नागरिकहरु जिविकोपार्जनका लागि गाँउका महाजनहरुको खेतवारीमा काम गरेर न्युनतम ज्यालामा आफ्नो जिवन गुजारा गर्दै आइरहेका छन । बाक्लो सितलहरको कारण बाहिर गएर काम गर्न समेत नसक्ने हुनाले गरिवहरुको चुलोमा आगो बाल्न समेत धाैधाै परेको बताउनुभयाे ।

बिगत केही दिन देखी निरन्तरको शीतलहर र चिसोले सर्लाहीसहित मध्य तराईको जनजीवन कष्टकर बनेको छ । केहि दिन देखि घाम लाग्न सकेको छैन । पश्चिमा हावा, चिसो स्याठ र बाक्लो कुहिरोले सडकमा चहलपहल घटेको छ । पुस वित्न लाग्दा खासै चिसो नभएको यहाँ पुसको अन्त्यदेखि चिसो हावा संगै शीतलहर चलेको छ ।

तराइमा कठ्यांग्रीदो चिसोको कारण गरिव तथा विपन्न, मुसहर समुदाय र दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवार सवै भन्दा वढी प्रभावित भईरहेका छन् । चिसोकै कारण मजदुरहरु काममा फर्किन पाएका छैनन् । काम गर्न नसकेका कारण उनीहरुले बालबालिकालाई पोषिलो खानेकुरा दिन सकेका छैनन् । शरीर ढाक्ने न्यानो कपडा र ओढ्ने ओछ्याउने नहुदा उनीहरुको दैनिकी कष्टकर बन्न पुगेको छ । विपन्न तथा मुसहरहरु जाडो छल्न अधिकांश समय बाटो घाटो तथा टोलटोलमा परालको आगो (घुर) तापेर बस्न बाध्य छन् । यहाँका अधिकांस मानिसहरु पराल र पातलो ओढ्नेको भरमा शीतलहरको सामाना गरिरहेका छन् ।

यतिबेला तराईका अधिकाँंस गरिव, बिपन्न, मुसहर तथा डोम समुदाय जाडो काट्नका लागि जुटको बोरा भित्र पराल हाली सिरक तथा डसना बनाएका छन् । उनीहरु जाडोबाट बच्नकालागी परालले बुनेको चटाइ तथा पराल राखेको सिरक ओढेने गर्छन् । जाडोयाममा भगवान भरोसे गुजारा चल्ने गरेको हरिपुर गैरका स्थानीय शान्ती माझीले बताउनुभयाे । ‘जाडो छल्न जुटको बोरामा पराल हालेर सिरक तथा डसना बनाएका छौं,’ उहाँले भन्नुभयाे, ‘प्रत्येक जाडोमा हाम्रो परिवारको साहारा पराल राखेको सिरक र डसना बन्ने गरेको छ ।’ निरन्तरको हावा र चिसो स्याठले काम विशेषले घर बाहिर निस्कनुपर्नेहरु प्रभावित भईरहेका छन् । चिसो स्याठ र बाक्लो कुहिरोले जिल्लामा चिसोको बिरामी बढेका छन् । बिगतमा स्थानिय सरकारले टोलटोलमा दाउरा बितरण गर्ने गरेपनि यसपाली दाउरा पनि नपाएको स्थानियले बताए ।

नेपाल राष्ट्रिय मुसहर संघ सर्लाहीको तथ्याङक अनुुसार सर्लाहीमा करिव २० हजार मुसहर समुुदायको मानीसहरु रहेका छन भने ९५ प्रतीसदको आफ्नो घर नभएको संघका अध्यक्ष रितुराज ऋिसी बताउनु हुन्छ । ऋिसीका अनुसार यस समुदाय अधिकांसको २ देखी ५ धुर अ‍ैलानी जमिनमा बस्दै आएका छन भने केहीले समहु महाजनै घर घढेरीमा बस्दै आएका छन । माझी मुसहरहरुको ५ धुर जमिन समेत आफ्नो नाममा नभएरको कारण सरकारले दिने जनता आवासको घर समेत निमार्ण गर्न पाएका छैनन । भुमिही भएकै कारण राज्यले दिने सेवा सुबिधा बाट बन्चित हुदै आएको मुसहर संघका अध्यक्ष ऋिसीले बताउनुभयाे ।

सरकारले पटक पटक केन्द्र देखी जिल्ला र स्थानिय तहहरुमा भूमिहिन सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोवासिहरुलाई जग्गाधनी लाल पूर्जा प्रदान गर्न आयोगको पदाधिकारी नियुक्ती गर्दै आएको छ । नेपाल सरकारको घोषित उद्देश्य र कार्यक्रमअन्तर्गत विभिन्न स्थानिय तहमा भूमिहिन सुकुम्बासको लागत तथ्याङक संकलन, जमिनको नाप जाँच तथा नक्शांकन गर्ने कार्यको सुरुवात भए पनि स्थिर सरकार नभएर पटक पटक सरकार परिवर्तन हुने हुँदा आयोगको पदाधिकारीहरु पनि परिवर्तन भैरहने गरेकाले भूमिहिन, सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोवासीहरुलाई जग्गाधनी लाल पूर्जा प्राप्त गर्न नसकेको समिान्तकृत समुदाएमा कामगर्दै आएका साप नेपालका प्रादेशिक निर्देशक जनक कार्कीले बताउनु भयो ।

हाल केही दिनदेखी तराईमा चिसोका कारण जिल्लाका अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा निमोनिया, दम, कमनकोल्ड, ज्वरो खोकीका बिमारीको चाप बढ्दै गएको छ ग्रामिण क्षेत्रको स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीमा सवैभन्दा बढी चिसोको बिरामी आउने गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । चिसो बढेपछि जिल्ला अस्पतालमा यसबाट प्रभावित भएका रोगीको चाप बढेको सर्लाही जिल्ला अस्पतालका अधिकारीले जानकारि दिएका छन । चिसोबाट सबैभन्दा बढी अति विपन्न गरिव दलित परिवार नै प्रभावित भएका छन् । त्यसमापनि बृद्धबृद्धा र बालबालिकाको संख्या बढी छ ।’ जाडोबाट जोगिन न्यानो कपडा लगाउन, तातो झोलिलो खानेकुरा खान र अत्यावस्यक काम बाहेक बाहिर ननिस्कन चिकित्सकले सुझाव दिएका छन् । बाक्लो हुस्सुले भिजिवलिटि कम भएपछि पुर्व-पश्चिम राजमार्ग सहित जिल्लाको भित्री सडकमा अहिले हरेका सवारी साधन बत्ती बालेर गुडिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?