जटिल सुत्केरी समस्या भएकी महिलाको सफल शल्यक्रिया

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । हिमाली हुम्लाको जिल्ला अस्पतालमा स्रोत साधनको अभावकाबीचमा एक जना सुत्केरी व्यथा लागेका महिलाको सफल सल्याक्रिया भएको बताइएको छ ।

जिल्ला अस्पताल हुम्लामा सिमकोट गाउँपालिका-२ ठेहे गाउँकी २२ वर्षिय जटिल सुत्केरी व्यथा लागेकी आशा परियारको सफल सल्याक्रिया भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ । जिल्ला अस्पतालमा सम्भव नहुने त्यहीँ पनि विभिन्न स्रोत साधनको अभावमा पनि जटिल सुत्केरीको सफल सल्याक्रिया भएको जिल्ला अस्पतालका एमडीजीबी डाक्टर हेमबिक्रम शाहीले बताउनुभयो ।

पुस २९ गते सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना हुनु भएकी परियारको आर्थिक अवस्था कम्जोर हुनुका साथै रगतको समेत समस्या भएको बावजुत पनि शल्यक्रिया गरिएको डाक्टर शाहीले बताउनुभयो । शल्याक्रियाको लागि जिल्ला बाहिर नेपालगञ्ज, सुर्खेत लैजानु पर्ने समस्या, आर्थिक अवस्था बढी खर्च हुनेलगायतको अन्त्य भएर जिल्लामै यो समस्याको हल भएको जिल्ला अस्पताल हुम्लाले जनाएको छ ।

हिउँदयाममा चिसोको बेला पनि अस्पतालमा कार्यरत डाक्टर, अनमी, अन्य स्वास्थ्यकर्मीहरुको सहयोगमा परियारको शल्याक्रिया सफल भएको जिल्ला अस्तालका सिनियर अनमी सरीता बोहराले बताउनुभयो । सुत्केरी परियारका बुढा लभ परियारले भन्नुभयो, यहीँ समस्याको शल्यक्रिया गर्न नेपालगन्ज ,सुर्खेत जानुपर्ने भएको भए लाखौं रकम खर्च हुन्थ्यो, तर जिल्लामै श्रीमतीको सफल अप्रेशन हुँदा अस्पताल परिवारलाई धन्यवाद समेत दिनुभयो । परियारले दुई जुम्ल्याहा छोरी जन्माउनुभएको छ । जिल्लामा विशेषज्ञ डाक्टर र उपकरण नहुँदा बिरामीलाई जिल्लाबाहिर रिफर गर्नुपर्ने बाध्यता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?