
काठमाडौं । यही माघ २५ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘सारंग’ मा समावेश गीत ‘तिमी नै हौ’ सार्वजनीक गरिएको छ । निर्देशक प्रशान्त तामाङको लेखन, निर्माण अनि निर्देशनमा बनेको चलचित्रको गीतमा दुई साथी-बालकलाकार आदित्य कार्की र सम्राट थापाबीचको प्रेम, साथ, समर्पण र आत्मीयता प्रस्तुत गरिएको छ ।
देवेन्द्र बरालको स्वरमा रहेको गीतको शब्द सुमन सिंगलले रचेका हुन् भने संगीत शंकर थापा स्माइलको छ । गीतको कोरियोग्राफी सुष्मा राईले गर्नुभएको हो । केही दिनअघि सार्वजनिक चलचित्रको टिजरले तारिफ पाइरहेको बेलामा दर्शकमाझ ‘फ्रेन्ड सङ’ ल्याइएको हो ।
यो चलचित्रमा ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, विश्व स्याङ्बो, दीपीका थापा, सुमन सागरजंग केसी, प्रभात श्रेष्ठका साथमा बालकलाकार द्वय सम्राट र आदित्य मुख्य भूमिकामा हुनुहुन्छ । बाल मनोविज्ञान, बालअधिकार, धनी-गरिब परिवारबीचको खाड्लको यथार्थ कथा प्रस्तुत गरिएको बताइने चलचित्रको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ हुनुहुन्छ ।
पुष्पा लिम्बु र बिनु गुरुङ सहनिर्माता रहेको यो चलचित्रलाई गोपाल रायले खिच्नुभएको हो । दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको सम्पादन मित्र डि गुरुङले गर्नुभएको छ । चलचित्रलाई स्टेशन ५ ले वितरण गर्दैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच