
काठमाडौं । उपमा सञ्चार प्रालि तथा तेज नेपाल मल्टिमिडियाद्वारा संयुक्त रूपमा आयोजित ‘दोस्रो उपमा राष्ट्रिय अवार्ड २०८१’ प्रतिनिधिसभा सदस्य एवं लुम्बिनी प्रदेशका संस्थापक सभामुख पूर्णबहादुर घर्तीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा देउडा सम्राट नन्दकृष्ण जोशी, संगीतकार जीवन परियार, गायक कृष्ण गैरेलगायत सम्मानित भएका थिए भने जुरी सम्मानबाट वरिष्ठ गीतकार रोशन भट्टराई, लोकप्रिय कोरियोग्राफर तथा निर्देशक केशवराज भट्ट सम्मानित हुनुभएको छ ।
त्यसैगरी कला सम्मानबाट फेसन डिजाइनर सञ्जिता बराल, सिनियर कस्मेटोलोजिस्ट मन्दिरा खड्का सम्मानित हुनुभएको थियो । राष्ट्रिय भावनाका गीत, लोक दोहोरी गीत, एकल लोक गीत, चाड पर्व गीत, कौडा, सालैजो, आधुनिक गीत, लोक पप, प्रत्यक्ष दोहोरी गीत, स्टेज प्रफमर, टेलिसिरियल, भाषाभाषी गीत, जनचेतनामूलक चलचित्रलगायत विधाबाट ७६ जना कलाकार पुरस्कृत तथा सम्मानित हुनुभएको थियो ।
कार्यक्रममा आयोजक उपमा सञ्चार प्रालिकी अध्यक्ष आशा गौतम तथा आयोजक तेजनेपाल मल्टिमिडियाका संस्थापक अध्यक्ष सुमनकुमार श्रेष्ठले संयुक्त रूपमा स्वागत मन्तव्य राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच