
काठमाडौं । शुभ मुकारुङकको दोस्रो गीतीसंग्रह ‘यतै अल्मलिएँ’ लोकार्पण गरिएको छ । गीतकार संघको आयोजनामा काठमाडौंमा भएको एक विशेष समारोहमा गीतकार मुकारुङको उक्त कृतिको लोकार्पण गरिएको हो । गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाको अध्यक्षतामा भएको कार्यक्रममा गीतकार एवं पूर्वमन्त्री एसपी कोइरालासंघ पूर्वअध्यक्ष चुडामणि देवकोटा, गीतकार अमर बान्तु, सांस्कृतिकविद् भक्त राई, हेमराज राई, गीतकार श्रवण मुकारुङ, गायक दिलेन्द्र मुकारुङ, वरिष्ठ गीतकार शीतल कादम्बिनी, कवि गीतकार चन्द्र रानाहोङछा, गीतकार विपिन किरणलगायतको आतिथ्यतामा उक्त कृति लोकार्पण गरिएको हो ।
संघ पूर्वअध्यक्ष देवकोटाले ‘शुभ मुकारुङ चिनाइ रहनुपर्ने नभएको भन्दै नातिकाजीले समेत उहाँको शब्दमा संगीत गरेको चर्चा गर्नुभयो । गीतकार अमर बान्तुले शुभभन्दा आफू उमेरमा जेठो भए पनि सिर्जनाको हिसाबले आफू कान्छो रहेको बताउनुभयो । सांस्कृतिकविद् भक्त राईले कुनै पनि क्षेत्रमा काम गर्न जोखिम मोल्नै पर्छ भन्दै स्रष्टा शुभलाई बधाई तथा शुभकामना दिनुभयो ।
गीतकार एवं पूर्वमन्त्री कोइरालाले गीतलाई समाजले मनोरञ्जनको साधनमात्र भनेर हेला गरेको गुनासो गर्दै गीत समाजको शक्तिशाली आँखा भएको जिकिर गर्नुभयो ।
प्राज्ञ तथा साहित्यकार राजन मुकारुङले सार्वजनिक कृतिले शुभलाई अल्मलाएको नभएर उभ्याएको धारणा राख्नुभएको थियो । स्रष्टा शुभले कृति तयार पार्दाका प्रसंग उप्काउनुभएको थियो । गीतकार संघ उपाध्यक्ष रमेश कोइरालाले सहजीकरण गर्नुभएको कार्यक्रममा गीतसंगीतका साथै समाजका विभिन्न क्षेत्रका प्रभुत्व व्यक्तित्वहरूको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच