काठमाडौं । नेपाल उड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी उत्पादित सामग्रीहरूको प्रचारप्रसारको सही माध्यम बनेको सहभागी व्यवसायीहरूले बताएका छन् । शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डमा सुरु भएको मेलामा आफ्ना कम्पनीहरूको स्टल राखेका व्यवसायीहरूले मेला उपभोक्तामाझ पुग्ने सही माध्यम भएको बताएका हुन् ।
उनीहरूले यस्ता मेलाहरूले नेपालमा मात्रै नभई विदेशमा पनि आफ्ना उत्पादनहरूको बजारीकरण गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको यो दशौँ संस्करण हो । मिडिया स्पेस सोलुसन्स प्रालि फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालि र इटिएसआइपिएलको संयुक्त आयोजनामा यो प्रदर्शनी सुरु भएको हो ।
यसको उद्घाटन शुक्रबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्नुभएको थियो । प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ, फर्निचर र होम टेक्सटायल क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्याउने लक्ष्य लिएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र