
काठमाडौं । नेपालका लागि दिपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले इलेक्ट्रिक एसयुभी दिपल एस ०७ को अपग्रेडेड भर्सन ‘दिपल एस ०७ एल’ सार्वजनिक गरेको छ । थप शक्तिशाली तथा बढी रेन्ज दिने एस ०७ एललाई एमएडब्लू वृद्धिले सार्वजनिक गरेको हो । एमएडब्लू वृद्धि ग्रुपका अध्यक्ष विष्णु अग्रवाल, दिपलका ब्राण्ड एम्बेसडर पारस खड्का र एमएडब्लू वृद्धि अटोकर्पका प्रबन्ध निर्देशक विवेक सिकारियालगायतले यो एसयुभी सार्वजनिक गर्नुभएको थियो ।
एमएडब्लू वृद्धिले दिपल एस ०७ एलको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकेको छ । कम्पनीले आगामी १५ दिनका लागि तीन लाख रुपैयाँ छुट घोषणा गरेको छ । अबको १५ दिनसम्म दिपल एस ०७ एल खरिद गर्दा ८१ लाख ९९ हजार रुपैयाँमात्र तिरे पुग्छ ।
कम्पनीका अनुसार फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक प्रविधिका कारण निकै लोकप्रिय बनेको दिपल एस ०७ हालसम्म सात सयभन्दा बढी युनिट बिक्री भइसकेको छ । यसैको अपडेटेड भर्सन एस ०७ एलले अद्वितीय इभी अनुभवमार्फत् पर्फर्मेन्स, रेन्ज र ड्राइभिङ एक्साइटमेन्टलाई नयाँ उचाइमा पुर्याउने कम्पनीको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच