
काठमाडौं । युरोपेली आकाशमा नेपाली वायुसेवामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न नेपाली पक्षले आग्रह गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले युरोपियन युनियन (ईयू)का राजदूत भेरोनिक लोरेन्जोसहितको प्रतिनिधि मण्डललाई नेपाल एयरलाइन्सको प्रतिबन्ध फुकुवाका लागि आग्रह गर्नुभएको हो ।
मन्त्रालयमा भएको भेटमा मन्त्री पाण्डेले नेपाल र युरोपेली युनियनबीच निकै पहिलेदेखि कूटनीतिक सम्बन्ध रहेको स्मरण गर्दै नेपाल र ईयूबीच साझेदारी रहेको बताउनुभयो । ‘नेपाल र ईयूबीच करिब पाँच दशकअघि कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै घनिष्ट कूटनीतिक सम्बन्ध रहेको छ । ईयू नेपालको प्रमुख विकास साझेदार हो । हामी हाम्रा सामाजिक, आर्थिक विकास प्रयासमा इयूको निरन्तर सहयोगप्रति कृतज्ञ छौँ,’ उहाँले भन्नुभयो, ‘ईयूको आकाशमा नेपाली एयरलाइन्समाथि लगाइएको प्रतिबन्ध चाँडै फुकुवा गरेर सहयोग गरिदिनुहोस् ।’
राजदूत भेरोनिक लोरेन्जोले ईयूको लगाएको हवाई प्रतिबन्धले नेपाली पर्यटनका क्षेत्रमा परेको असरका बारेमा जानकार रहेको उल्लेख गर्दै नेपाल प्राविधिकरूपमा सक्षम बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले फ्रान्सको एयरबस कम्पनीले नेपाली नागरिक उड्डयन क्षेत्रमा कुनै पनि प्रकारको सहयोग गर्न तत्पर रहेको समेत बताउनुभयो । राजदूत लोरेन्जोले नेपालको हवाई दुर्घटनाबारे बनेको उच्चस्तरीय छानबिन समितिबारे समेत उच्च सोचका साथ हेरिरहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच