
झापा । नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापामाथि शनिबार साँझ सांघातिक हमला भएको छ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता थापा माथि शनिबार साँझ ७ बजेतिर कनकाई नगरपालिकाको जुकेखाडी स्थित पूर्वपश्चिम राजमार्गमा सांघातिक हमला भएको हो ।
हमलाबाट थापाको आँखामा चोट लाग्नुका साथै आँखीभुइँ सुन्निएको छ । उहाँ विर्तासिटी अस्पताल बिर्तामोडमा सामान्य उपचारपछि भर्खरै अर्जुअनधारा ७ निजी निवास पुग्नु भएको छ। उहाँलाई हातपात गर्ने शिवसताक्षी नगरपालिका ११ का ४९ वर्षीय भक्तबहादुर कटुवाल र कनकाई नगरपालिका ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ । उनीहरूलाई इप्रका बिर्तामोडमा राखिएको छ ।
दोमुखामा सम्पन्न नेपाल प्रेस युनियन झापाको वार्षिक साधारणसभालाई सम्बोधन गरेर थापा बा.१ झ ६५३ नम्बरको गाडीमा घर फर्किदै हुनुहुन्थ्यो । विद्युत प्राधिकरण सुरुङ्गाका कर्मचारी चढेको बा.१ झ १८७० नम्बरको गाडीलाई थापा चढेको गाडीले ओभरटेक गरेको भन्दै सो समूहले निहुँ खोजेको थियोे ।
गाडीबाट उत्रिने बित्तिकै थापामाथि हातपात भएको बताइएको छ । थापालाई कटुवालले मुक्का प्रहार गरेको बताइएको छ । अहिले इलाका प्रहरी कार्यालय बिर्तामोडमा सुरक्षा निकायका प्रमुख र दुवै पक्षबीच छलफल भइरहेको छ ।
घटनाको नेपाली कांग्रेस झापाले निन्दा र भत्सर्ना गरेको छ । नेपाली कांग्रेस झापा सचिव नवीन विमलीले सांघातिक आक्रमण गर्ने कटुवाल र श्रेष्ठलाई कानुनी कारबाहीको माग गर्नु भएको छ । आइतबार ( भोलि ) बिहान पत्रकार सम्मेलन गरेर घटनाको थप जानकारी गराइने तयारी रहेको सचिव विमलीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच