
काठमाडौं । भगवती मानव कल्याण संगठन नेपालले राष्ट्ररक्षाको कामनासहित अखण्ड २४ घण्टे श्री दुर्गा चालिसा पाठ सम्पन्न गरेको छ । संगठनले काठमाडौंको पुलतीसडकस्थित पद्मोदय माध्यमिक विद्यालयमा भव्य आरतीक्रमसहित कार्यक्रम सम्पन्न गरेको हो । संगठनले कार्यक्रममा समाज कल्याणमा समर्पित ११ विशिष्ट व्यक्तित्वहरूबाट समापन आरती गराएको थियो ।
अनीति, अन्याय, अधर्म साथै भय, भोक र भ्रष्टाचारले ग्रसित समाजमा आध्यात्मिक चेतना स्तर खस्किँदै गएको भन्दै संगठनले दर्जनौँ शक्ति साधकहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको हो । संगठनले आगामी वैशाखमा हुने अन्तर्राष्ट्रिय स्तरको विशाल शिविरको पूर्वतयारीस्वरूप राष्ट्ररक्षाको कामनासहित कार्यक्रमको आयोजना गरेको संगठनकी सचिव डा. मिनु सिग्देलले जानकारी दिनुभयो । २०८२ साल वैशाख १२ र १३ गते लाखौँको सहभागितामा काठमाडौँमा ‘राष्ट्र निर्माण, शक्ति साधना नशामुक्ति शिविर’ नाम दिइएको अन्तर्राष्ट्रिय स्तरको द्विदिवसीय शक्ति चेतना जनजागरण शिविर हुने डा. सिग्देलले बताउनुभयो ।
कार्यक्रममा बोल्दै संगठनका केन्द्रीय महासचिव सिद्धाश्रम रत्न श्रद्धेय अजय अवस्थीले समस्त मानव जातिको मूल लक्ष्य आध्यात्मिक चेतना प्राप्त गर्नुभएको भन्दै ऋषि परम्परालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । संगठनका संस्थापक–सञ्चालक ‘धर्मसम्राट् युग चेतना पुरुष सद्गुरुदेव परमहंश योगीराज श्री शक्तिपुत्रजी महाराज’ का प्रतिनिधिका रूपमा उपस्थित सिद्धाश्रम रत्न अवस्थितिले शक्तिसाधना आध्यात्मिक चेतनाको सशक्त माध्यम भएको बताउनुभयो । नेपालमा ठूलो युवा जमात नशामा लिप्त भएकाले नेपाललाई नशामुक्त बनाउनु आवश्यक रहेको बताउनुभयो ।
संगठनले नशामुक्ति अभियान ‘नशामुक्त नेपाल–समृद्ध नेपाल’अन्तर्गत योग, ध्यान, साधना एवं शक्तिचेतना जनजागरण शिविरको माध्यमबाट नेपालका पाँच हजारभन्दा बढी व्यक्तिहरूलाई नशामुक्त बनाइसकेको छ भने गत साउनबाट शुभारम्भ भएको देशव्यापी एक करोड वृक्षारोपण अभियान ‘एक वृक्ष-राष्ट्रको नाममा’ आम जनसमुदायको सहयोगमा जारी रहेको संगठनका प्रचारमन्त्री बिपी कोइरालाले बताउनुभयो । संगठनले घरदैलो अभियानअन्तर्गत विविध साधनात्मक कार्यक्रमको आयोजना गर्दै आएको जनाएको छ ।
संगठनले समाजमा आपसी भाईचारा बढाउने तथा नशामुक्त-मांशाहारमुक्त, चरित्रवान्, चेतनावान्, परोपकारी एवं पुरुषार्थी समाज निर्माणका साथ साथ जातिभेद, छुवाछुत, साम्प्रदायिकता आदि सामाजिक विकृति हटाएर सबै जाति–धर्म–सम्प्रदायलाई एकसूत्रमा बाँधेर समाजका बिच आध्यात्मिक वातावरण निर्मित गरेर मानवताको पथमा अघि बढाउने कार्य गर्दै आएको जनाएको छ ।
संगठनले एक घण्टाको आरती, पाँच घण्टाको अखण्ड श्री दुर्गा चालिसा पाठ एवं २४ घण्टे अखण्ड श्री दुर्गा चालिसा पाठको निःशुल्क रूपमा गर्दै आएको छ । समाज कल्याणको भावले निःस्वार्थ रूपमा आयोजना हुँदै आइरहेको आरती एवं अखण्ड चालिसा पाठ आ-आफ्नो घरमा आयोजना गर्नसमेत संगठनले आहृवान गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच