
✍️ खिमानन्द आचार्य
सुख दुःख जिन्दगीमा परिदिने छायाँ
दुःख पनि मीठ हुन्छ फूलि दिए मायाँ
सुखभन्दा पनि मेरो दुःखपछि लाग्यो
माटो सम्झी आज किन रुन मन लाग्यो ।
मुटुभित्र सल्बलायो कटेरीको वन
सिद्ध भूमि जालकाँडो मेरो उप वन
यी आँखामा नाँची दिन्छ मेरो रनवन
घर पारि सुस्याउँदै सल्लेरीको वन ।
गौथलीको चीरिविरी जुरेलीको नाँच
पाणिनिको तपोभूमि मेरो मुटु माझ
फूलमाथि भँमराछ नदी तरेलिमा
माटो सम्झी मुटु दुख्छ आज मेरे किन ।
रहर र प्यासहरू बीच परे आज
मुटुभित्र सूल लाग्दा को देख्न सक्छर ।
कति सुन्दर भई फुल्छ म जन्मेको ठाउँ
यो जिन्दगी बिसाउन तिम्रै काख पाउँ ।
कहाँ दुख्छ भनी दिउँ नहुँदामा भेट
कति मीठो याद दिन्छ सिर्जनाको बीच ।
सुख दुःख मिठो हुन्छ आमाको नै काख
त्यो माटो नै सल्बलाउँछ मेरो मुटु माझ ।
हाल : भर्जिनिया, अमेरिका ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच