
(ग) बहुदलका पक्षमा निर्णायक प्रचार :
हामी त्यस दिन चैत २० गते चितवनमा नै थियौं । एक महिनाको समय राखेर जनमतसंग्रहको तिथि तोकियो । तत्काल बीपी र परशुजी काठमाडौं फर्किनुभयो (चितवन एयरपोर्ट घटनाबारे मैले मेरो पत्रकारितामा उल्लेख गरेको छु) । म काठमाडौं पुगेर ओखलढुंगा जाने भएँ । भरखरै जेलबाट छुट्नुभएका भीमबहादुर अधिकारी, शहीदका भाइ खिलानाथ दाहालसहित हाम्रो टोली बहुदलका पर्चा पम्प्लेटहरू बोकेर बन्दीपुरको बाटो कटारीतिर लाग्यौं । जंगलको बाटो, केही माथिसम्म ट्रकमा गयौं । अनि हिँड्दै दूधौली बास बस्न पुग्यौं । दूधौलीमा पनि ससानो सभा नै भयो राति । अर्को दिन सुनकोशी तरेर मोलङबाट भीमबहादुरजीहरू माधवपुर लाग्नुभयो गाउँतिर ।
म र खिलामात्रै भयौं मोलुङ खोलाबाट जाने । अलिपर बेंसीमा परशुराम अधिकारी, सीताराम श्रेष्ठसहित साथीहरूको ठूलो टोली रहेछ भीमबहादुरजीको स्वागतार्थ बसेको । हामी दुईजनामात्रै पुगेपछि अन्यमनस्क हुनुभयो र हामीले नै पायौं त्यो न्यानो स्वागत । म र खिला त्यस दिन रामपुर खिलाहरूको घरमा पुग्यौं । म भोलिपल्ट बिगुटार गएँ ।
वैशाख १ गते आममाफी पाएर जिल्ला पुगेका गोपाल राई, बालाराज कार्की, छत्रध्वज बस्नेतहरू ओखलढुंगा बजारमा आउने, हाटका दिन र सभा गर्ने तय भयो । हामी सबै पुग्यौं । बजारमा बहुदल पक्षमा खुलेर बोल्ने कोही थिएन ।
बालगोविन्द राजभण्डारीजी जिल्लामा त्यति नबस्ने, रेडक्रसमा काम गर्ने बैजनाथ श्रेष्ठ र युवामा एकजना विनोद ताम्राकार थिए । अरू लाखापाखाका । त्यहाँ केही कम्युनिष्ट र धेरै पञ्च । मोतीलाल राजभण्डारी सहायकमन्त्री भएकाले पञ्चहरूको वर्चस्व थियो । मेघबहादुर श्रेष्ठ, नवराज गुरुङ, चन्द्रबहादुर सुनुवार, पदमबहादुर कार्की, खिलानाथ अधिकारी, चम्पक सुनुवार, टंकनाथ लुइँटेल, भोलामान सिंह थापा, पेशलकुमार पोख्रेल जस्ता अनेक हस्तीहरू थिए पञ्चायतका पक्षमा । खिलानाथ अधिकारी तरुण दलको सदस्य भएर अत्यन्त यातना सहेको व्यक्ति ।
२०१५ का कांग्रेस सांसद र नेता पोख्रेल यस बेला ओखलढुंगाबाट रापंस थिए । उनले सिफारिश गरे पनि अन्तर्वार्तामा त्यो सिफारिश मैले देखाइन छु, बिर्सेर । ढुण्डीराज दाजुले मलाई हप्काउनुभयो र भन्नुभयो : अब तिम्रो यसपटकको अवसर गुम्छ अर्कोपटक प्रयास गरौँला । तैपनि म छात्रावासमा परेँ ।
उहाँलाई पञ्च प्रशासनले निर्घात यातना दिए पनि यतिखेर भने उहाँ पञ्चायतकै पक्षमा रहनु भयो । प्रेमनारायण प्रेमीको खुट्टा दुईतिरै देखिन्थ्यो । कम्युनिष्ट भन्थे, पञ्चायतमा काम गर्थे । जिल्लाबाट अखिल पाँचौं र छैटौं भन्नेहरू बहुदल निर्दल एकै हो जनमतसंग्रह धोका हो भन्दै हिँडेका थिए । पुष्पलालवादी नेता लोककृष्ण भट्टराईहरू मात्रै बहुदलका पक्षमा सक्रिय हुनुहुन्थ्यो । डीआर पोख्रेलहरूले निकै दुःख भोग्नुभयो ओखलढुंगाको साम्यवादी राजनीतिमा तर उहाँ सायद त्यस बेला मसालसँग हुनुहुन्थ्यो कि । अब त राजनीति छाडेर लेखक, पत्रकार हुनुभएको छ र चितवनमा बस्न पुग्नुभएको छ ।
बजारमा पञ्चहरूको आक्रमणले बहुदलवादीको सभा हुन सकेन । आआफ्नो गाउँमा नै प्रचार गर्ने निधो गरी हिँड्यौं । अन्ततः वैशाख २० गते भएको जनमत संग्रहको परिणाम बाह्र दिनपछि एकैपटक घोषित भयो । ओखलढुंगामा त निर्दलपक्षमा दोब्बर मत खसेको रहेछ । बहुदलपक्षमा ११,६१४ । निर्दलका पक्षमा २८,०६६ । राष्ट्रव्यापी परिणाम अनुसार : बहुदलका पक्षमा २० लाख ७ हजार ९६५ मत र निर्दलका पक्षमा २४ लाख ३३ हजार ४५२ मत देखियो । जम्मा सदर मत ४४ लाख ४१ हजार ४१७ रहेको थियो ।
कीर्तिनिधि विष्टलाई हटाएर प्रधानमन्त्री बनाइएका सूर्यबहादुर थापाको कपटपूर्ण नेतृत्व र क्रियाकलाप, राजा र दरबारको निर्दलप्रतिको समर्पण, राष्ट्रिय स्रोतको अपचलन, गाउँतहसम्म पुगेको पञ्चायती संगठन र परिचालन, सुरक्षा संयन्त्र र प्रशासनयन्त्रको भरमग्दुर उपयोग, बहुदलवादीहरूलाई अराजक शैलीमा गरिएको अवरोध र सांघातिक हमला, माले, मसाले र मण्डलेहरूको बहुदलवादीविरुद्ध अघोषित संगठित एकता र अभियान, बहुदलवादीहरूको लामो समयदेखि जनतासँगको सान्निध्यमा कमी, भारतीय सत्तामा आएको परिवर्तन र स्वयं नेपाली जनतामा रहेको अशिक्षा, अधिकारप्रतिको निरपेक्ष भाव जागरुकतामा कमी आदि कारणले बहुदल पक्ष कमजोर भएको हाम्रो विश्लेषण रहृयो । अपमानित जस्तो भए पनि बीपीले खेलको नियमसँग तुलना गर्दै यस अनपेक्षित परिणामलाई स्वीकार गर्नुभयो र राजनीतिको कोर्सलाई उचित दिशा दिने प्रयास गर्नुभयो ।
(घ) सगरमाथा छात्रकार्य समिति गठन :
विगतमा कुनै समय प्रजातन्त्रवादीहरूले सगरमाथा छात्र समिति बनाएको भन्ने सुनेका थियौं तर अस्तित्वमा थिएन । सोलुखुम्बु सल्यानका हाम्रो मावलीघरसँगै घर भएका र अत्यन्त साहसी क्रान्तिकारी विद्यार्थी नेता बलबहादुर केसी दाइले एकदिन भन्नुभयो : सगरमाथा छात्र समितिको गठन गर्न हामी भेला हौं । उहाँको यस आग्रहमा पुल्चोक क्याम्पसको प्रांगणमा हामी त्यस भेगका सोलुदेखि सिरहासम्मका विद्यार्थीहरू जम्मा भयौं । लामो छलफलपछि बलबहादुर दाइकै प्रस्ताव अनुरूप मलाई सभापति, सिरहाका महीनारायणजीलाई उपसभापति चयन गरियो ।
अनार बस्नेत सदस्य वा सचिवमा बसिन् । वसन्त शर्मा, छवि निरौला, पेशल निरौला, उद्धव शर्मा, गोकर्ण राईसहित अरू साथीहरू पनि उपस्थित थिए । अहिले स्मृतिमा रहेनन् । तर, यो समितिले कुनै काम गर्न सकेन । म वाल्मीकि स्ववियुको काममा व्यस्त । अरू साथीहरू पनि कताकति भए । एक-दुईवटा बैठक बसेका र केही विषयमा छलफल भएको थियो ।
(ङ) छात्रावासमा विद्यार्थीको चासो :
स्ववियुको जिम्मेदारीमा नरहे पनि संस्कृत छात्रावासमा भर्ना हुने समय विद्यार्थीहरूको विशेष चासो रहने गथ्र्यो । २०३२ सालमा मैले अन्तर्वार्ता दिने समय त्यस समयका विद्यार्थी नेता ढुण्डीराज दाइसँग यज्ञनिधि दाजु र गोपाल अधिकारीले गर्नुभएको भेट मेरो सम्झनामा छ । सिफारिसको चक्करमा तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य पेशलकुमार पोख्रेलको डेरामा म र ढुण्डीराज दाइ पुगेका थियौं । २०१५ का कांग्रेस सांसद र नेता पोख्रेल यस बेला ओखलढुंगाबाट रापंस थिए । उनले सिफारिस गरे पनि अन्तर्वार्तामा त्यो सिफारिस मैले देखाइन छु, बिर्सेर । ढुण्डीराज दाजुले मलाई हप्काउनुभयो र भन्नुभयो : अब तिम्रो यस पटकको अवसर गुम्छ अर्को पटक प्रयास गरौँला । तैपनि उहाँले गुरुहरूसँग कुरा गर्नुभएछ ।
स्ववियु काउन्सिल बनाउने, विद्यार्थीहरूका साझा मुद्दामा विमर्श गर्ने अनि विद्यार्थी संगठनमाथि हुनसक्ने सरकारी प्रहारको सामना कसरी गर्ने र स्ववियुलाई कसरी स्वतन्त्र राख्ने भन्ने विषयमा समेत सहकार्य हुुन नसक्ने तर्क महामन्त्रीको थियो । हामीले आफ्नो पक्ष तर्कपूर्ण रूपमा राखे पनि उहाँ कारबाही गर्ने चेतावनीबाट पछि हट्नु भएन ।
शुकदेव गुरुको अत्यधिक सहानुभूति थियो मलाई । म छात्रावासमा परेँ । दुर्भाग्यवस ढुण्डीराज दाजु २०३४ माघदेखि बेपत्ता हुनुभएको छ । कहाँ जानुभयो हामी कसैलाई जानकारी हुनसकेको छैन । म स्ववियु सभापति भएपछि यसै पनि दबाब हुनेभयो । मेरा गाउँका दुईजना भाइहरू थिए । रानीपोखरीमा पढ्दै गरेका । टंकनाथ पौडेल र आत्माराम खतिवडा । टंकनाथ पौडेल मेरो घरसँगै जोडिएका भाइ हुन् भने आत्माराम पनि टोल उही तर केही कान्ला तल घर भएका । टंक नारदमणि पौड्यालका भाइ हुन् भने आत्माराम गिरिराज खतिवडाका भाइ । दुवैका लागि मेरो अनुरोध काम लाग्यो । अरू साथीहरू पनि प्रवेश भए कोही सरासर कोही प्रतीक्षा सूचीमा ।
टंक छात्रावासमा प्रवेश गरेपछि मलाई निकै सजिलो भयो । कोठाको रेखदेखमा समय दिनु परेन । त्यसो त कृष्ण ज्ञवाली र विष्णुहरि पौडेल (सबैका भान्जा) हामी एउटै कोठामा थियौं । विष्णु माथिल्लो कक्षामा र कृष्ण सहपाठी । चार कुनामा चारजनाको सिट थियो । टंक मेरै कोठामा आए । विष्णुहरिले छात्रावास छाडेपछि गणेश नेपाल पनि हामीसँग बस्न आए । साथी मिल्ने वा नमिल्ने क्रममा कोठा परिवर्तन भइरहन्थ्यो ।
(च) काउन्सिलको परिकल्पना र कार्बाहीको धम्की :
जनमत संग्रहमा बहुदलपक्षको पराजयका कारण विद्यार्थी संगठनहरू पनि सुस्ताएका थिए । हामी भने केही न केही अभियान हुनुपर्छ भन्नेमा थियौं । नेविसंघबाट विजयी साथीहरू यज्ञ अधिकारी, मीना खड्का (पाण्डे), सुधीर अर्याल, हरि प्रसाई, शम्भु कोइराला, कृष्ण ज्ञवाली, अनि म पुरुषोत्तम दाहाल एक दिन अनौपचारिक बैठक बस्यौं । अरू पनि हुनुहुन्थ्यो । हामीले उपत्यकास्तरीय स्ववियु काउन्सिल बनाउन प्रयास गर्ने र विद्यार्थी युनियनहरूबीच समन्वय गरी साझा मुद्दा तयार गर्ने विमर्श भयो । यज्ञजीले समन्वयका लागि मलाई पहल गर्न भन्नुभयो । मैले अखिल पाँचौंबाट मीनभवन क्याम्पसका स्ववियु सभापति जगन्नाथ थपलिया र त्रिचन्द्रमा छैटौंबाट विजयी गोपीकृष्ण घिमिरेसँग कुरा गरेँ । उनीहरू सहमत भए र मीनभवन क्याम्पसमा बैठक बस्ने तय भयो ।
त्यस दिन यज्ञजी आउनुभएन । हामी तीनजना नेविसंघका सभापति थियौं भने अठारजना जति अखिल पक्षका । विषयमा पर्याप्त छलफल भयो । जगन्नाथले मेरा तर्कहरूलाई राम्ररी समर्थन गरे । कृष्ण क्षेत्री थिए सरस्वतीका उनले पनि समर्थन गरे । गोपी पनि सहमत भए । मैले पहिले स्वतन्त्र विद्यार्थी युनियनको स्वतन्त्रता कसरी जोगाउने, सरकारी षड्यन्त्रबाट विद्यार्थी संगठनमाथि हुने प्रहारको सामना कसरी गर्ने, सहकार्य कुन रूपमा गर्ने जस्ता विषय राखेको थिएँ । मीनाजी पनि बोल्नुभयो । अन्ततः एउटा स्ववियु काउन्सिल बनाउनेमा हामी सहमत भयौं ।
भोलिपल्ट नेविसंघका महामन्त्री दीलबहादुर घर्तीले तत्काल भेट्न खबर पठाउनुभएछ । मीनाजी र म पुग्यौं पार्टी कार्यालयमा । उहाँले हामीलाई ठाडै छोप्नुभयो : ती कम्युनिष्टहरूसँग बैठकमा किन जानुभयो ? म स्प्रष्टीकरण माग्छु तुरुन्त दिनुहोस् । कम्युनिष्टहरूसँग मिल्ने, सहकार्य गर्ने हाम्रो कुनै नीति छैन । मीनाजी र म अक्क न वक्क भयौं । स्ववियु काउन्सिल बनाउने, विद्यार्थीहरूका साझा मुद्दामा विमर्श गर्ने अनि विद्यार्थी संगठनमाथि हुनसक्ने सरकारी प्रहारको सामना कसरी गर्ने र स्ववियुलाई कसरी स्वतन्त्र राख्ने भन्ने विषयमा समेत सहकार्य हुुन नसक्ने तर्क महामन्त्रीको थियो ।
हामीले आफ्नो पक्ष तर्कपूर्ण रूपमा राखे पनि उहाँ कारबाही गर्ने चेतावनीबाट पछि हट्नु भएन । उहाँले अत्यन्त कठोरतापूर्वक आदेश दिनुभयो : अब कुनै हालतमा कम्युनिष्टहरूसँग बैठकमा भाग नलिनू, लिएमा संगठनले तत्काल कारबाही गर्नेछ । हामी केही नभनी उठेर हिँड्यौं । मीनाजी र म निरीह जस्तै भयौं । बीपीले पत्याएको महामन्त्री कसरी अन्यथा हुनसक्थ्यो ? क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच