
- विशाल चौलागाईं
खै कुन दिन रोएको किसानले मुस्कान पाउँछ,
खोकि-खोकि काम गर्ने मजदुरले सम्मान पाउँछ ।
जहाँ सबै नागरिका छानोबाट घाम-पानि छिर्दैन,
जहाँ न्यायको तराजु कसैको पाउमा झु्क्दैन ।
भन्नुत यस्तो देश कहिले बन्छ ?
जुन समाजमा शिक्षाले उज्यालो भर्छ,
भोकाएको बालकको पेटभरि अन्न पर्छ ।
जहाँ नेता भाषणमा हैन कामले बोल्छ,
जहाँ भ्रष्टाचारको जरो निमिट्यान्न हुन्छ,
भन्नुत यस्तो देश कहिले बन्छ ?
एयरपोर्टमा भन्दा कम्पनि रजिष्टारमा लामो लाईन लागको,
किसानले मुस्कुराउदै पैसा बैंकमा जम्मा गर्न लागको,
चट्ट सफा कपडामा शान्त वातावरणमा विद्ध्यार्थी अध्ययन गरिरहेको,
बुढा बा चौतारिमा घाम ताप्दै हिमाल र फाँट हेर्दै गफीरहेको,
युवा निरन्तर दैनिक ८/१० घण्टा काम गर्दै घर फर्कदै गरेको
भन्नुत यस्तो देश कहिले बन्छ,
जुन देशको सिमानामा नागरिक ढुक्क निदाउन सक्छ,
जहाँ सीमा मिच्नेलाई देशले जवाफ दिन सक्छ ।
जहाँ जात, धर्मले होइन, एकतामा नागरिकले गर्व गर्छ,
जहाँ सबै नेपालीले समान अधिकार उपभोग गर्छ ।
भन्नुत यस्तो देश कहिले बन्छ ?
तर देश बन्नलाई त ...
किसानले उत्पादनको मुल्य पाउनु पर्ला नि ?
युवाले रोजगारिका अवसर पाउनु पर्ला नि ?
व्यवसायीले राज्य मेरो अभिवाभक सोच्नु पर्ला नि ?
उधोगहरुले आफुलाई सुरक्षित मान्नु पर्ला नि ?
युवा गर्वले मेरो देश भन्नु पर्ला नि ?
विशेषत युवा र जनता देशमा बस्नु पर्ला नि ?
नोट : नत्र त तपाईं पनि बन्ने मसान कै राजा मात्रै बन्ने हो है नेता ज्यु !
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच