रावलतिर देखिएका पूर्वमन्त्री सुवेदीका बुवाछोरा नै एमालेको कारवाहीमा

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

कैलाली । नेकपा एमाले कैलालीले सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीसहितका दुई जनालाई पार्टीबाट निष्काशन गर्न सिफारिस गरेको छ ।

शनिबार बसेको पार्टीको जिल्ला सचिवालय बैठकले कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदीलाई पार्टीको संगठीत सदस्य समेत नहरनेगरि निष्काशन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

एमाले कैलालीका उपसचिव तथा प्रचार विभाग प्रमुख चुडामणी भट्टले जिल्ला कमिटीका सदस्य समेत रहेका भिष्मराज सुवेदीलाई जिम्मेवारी मुक्त गर्दै संगठीत सदस्यबाट हटाउन केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

भट्टले पूर्वमन्त्री सुवेदी पनि एमालेबाट निष्काशन गरिएका भीम रावलको गतिविधिमा संलग्न भएको पाइएपछि कारवाही गर्न सिफारिस गरिएको बताउनुभयो । एमाले कैलालीले पार्टीको संगठीत सदस्यबाटै हटाउन सिफारिस गरेका दुवै जना नातामा बुवाछोरा हुन् ।

उनीहरु एमालेमा भीम रावल निकट मानिदै आएका थिए । रावल कारवाहीमा परेपछि रावलले चलाएको मातृभूमी जागरण अभियानमा दुवै जना सक्रिय भएका छन् । यस्तै, एमाले सचिवालय बैठकले पार्टीका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टका बारेमा सामाजिक सञ्जालमा जथाभावी लेख्ने पूर्व सचिव भीम उपाध्याय र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध धनगढी विमानस्थलमा भएको नाराबाजीप्रती ध्यानाकर्षण भएको जनाएको छ ।

बैठकले दुवै विषयमा ध्यानाकर्षण भएको जनाउदै खेदप्रस्ताव समेत पारित गरेको प्रचार विभाग प्रमुख भट्टले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?