अर्घाखाँची । प्रेस सेन्टर नेपाल अर्घाखाँचीको पाँचौं जिल्ला अधिवेशन भव्यताका साथ सन्धिखर्कमा सम्पन्न भएको छ । अधिवेशनले ऋषिराम भुसालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
समितिका अन्य पदाधिकारीहरूमा उपाध्यक्ष सीता जि.सी. र लक्ष्मण खड्का, सचिव वसन्त वि.क., सहसचिव सुर्य नेपाली, र कोषाध्यक्ष अविना सारु चयन भएका छन् ।
यस्तै, सदस्यहरूमा दिपक खत्री, एस कुमार राउत, सीता पाण्डे, सपना वि.क., अनिषा वि.क., प्रभा पौडेल, सृजना भुसाल, राजेन्द्र आचार्य, उम्मर अली, प्रमिसा जि.सी., र सुस्मिता सुनार रहेका छन् ।
नवगठित नेतृत्वले प्रेस स्वतन्त्रता, स्थानीय सञ्चारकर्मीको हित र समाजसेवाको क्षेत्रमा थप जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच