पाल्पा । साइबर अपराधको आक्रमणले गर्दा अहिले विश्वका धेरै मुलुक आतंकित बनेका छन् । जसको चपेटामा नेपाल पनि परेको छ । प्रहरीको पछिल्लो तथ्यांकअनुसार पाल्पामा पनि बर्सेनि साइबर अपराधको घटना बढ्दो छ ।
विद्युतीय माध्यमको दुरुपयोगबाट हुने अपराधको ग्राफ बढ्दै गएको जिल्ला प्रहरी कार्यालयमा पर्ने उजुरीले देखाएको हो । यहाँ चालु आर्थिक वर्षको पुस २९ गतेसम्म ५३ वटा साइबर अपराधका उजुरी परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दका अनुसार २०८०/११/७ देखि २०८१/०९/ २९ गते सम्म साइबर अपराध सम्बन्धी ५३ वटा उजुरी दर्ता भएका हुन् । जसमध्ये फेसबुक ह्याचिङ सम्बन्धी १६ र अनलाईन फ-राउण्ड सम्बन्धित ३७ उजुरी दर्ता रहेका छन् ।
साइबर अपराधमा मुद्दा चलेकामध्ये हालसम्म १७ वटा मात्र फस्र्यौट भएको प्रहरी उपरीक्षक चन्दले बताउनुभयो । उहाँका अनुसार आर्थिक अपराध बढ्दो रुपमा रहेको छ । जसमा अनलाईन फ-राउण्ड, बैकिङ् फ-राउण्ड, लोट्री, अनलाइन सपिङ्ग सम्बन्धी केसहरु बढी छन् । सूचना प्रविधिको विकास र प्रयोगसँगै देखिने यस्ता प्रवृत्ति र अपराधका नयाँ शैलीले साइबर अपराध अनुसन्धान कार्यलाई चुनौती थपेको उपरीक्षक चन्दको भनाई छ ।
उहाँले प्रविधिसँगै प्रयोगकर्ता बढेको र त्योसँगै अपराधिक गतिविधि पनि बढ्दो रहेको बताउनुभयो । ‘प्रविधिको विकाससँगै प्रयोगकर्ता पनि बढिरहेका छन् । अपराधीहरूले विभिन्न सामाजिक सञ्जालको दुरूपयोग गरी साइबरजन्य अपराध गर्ने गरेका छन् । यसबाट जोगिन सबै सचेत हुन आवश्यक छ,’ उहाँले भन्नुभयो । चन्दले यस्ता अपराध हुन नदिन प्रहरीले सचेतना फैलाउने, अपराधीलाई कानूनी दायरामा ल्याउने र साइबर ब्यूरोलाई अझ प्रभावकारी बनाउँदै अनुसन्धान र कारवाहीलाई तीव्रता दिइएको बताउनुभयो ।
साइबर अपराधका घटनाहरु पाल्पासहित देशैभर बढ्दो छन् । साइबर अपराध सम्बन्धी प्रहरीमा आउने केसहरू फरक-फरक हुने गरेका छन् । धेरै जसो फेक अकाउन्ट बन्द गर्ने, ह्याक भएको आइडी बन्द गर्दिन, सामाजिक सञ्जालबाट चरित्र हत्या सम्बन्धी, महिला तथा बालबालिकासँग जोडिएका केसहरू, यौन हिंसा सम्बन्धी र पछिल्लो समयमा चाहिँ अनलाइनको माध्यमबाट ठगी भएका उजुरीहरू धेरै आउने गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच