एक सय ९५ किलो गाँजासहित पक्राउ

हिमालय टाइम्स

प्रतिकात्मक तस्वीर

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका-१९ बर्वाबाट एक सय ९५ किलो अवैध लागुऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१२ रमनटार बस्ने ३६ वर्षीय सुकलाल महर्जनलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले बा प्र ०३-००१ ख ३५८७ नम्बरको ट्रकबाट उक्त परिमाणको गाँजा ‘अनलोड’ गरी परालको थुप्रोमा लुकाइछिपाइ भाग्ने क्रममा ट्रक चालक सुकलाललाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षद्वारा आज प्रकाशित प्रहरी बुलेटिनमा जनाइएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका-४ बाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ एक ग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय प्रचण्डबहादुर थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले निजलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका-६ मैनापोखर बजारबाट चरेश जस्तो देखिने दुई किलो ९६ ग्रामको पदार्थसहित जाजरकोट जुनिजाँदे गाउँपालिका-५ मैफ बस्ने १९ वर्षीय कृष्ण थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै, कैलालीको गोदावरी नगरपालिका-१ बाट अवैध लागुऔषध चरेश जस्तो देखिने पदार्थ ७३ ग्रामसहित बैतडी पाटन नगरपालिका-८ घर भएका २९ वर्षीय जग्दिश भट्टलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले शङ्का लागि निजको पसल खोजतलासी गर्दा उक्त पदार्थ फेला पारेको थियो ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका-१ पार्क मोडबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ एक सय ९० मिलिग्रामसहित दुई जनालाई प्रहरीले गतराति पक्राउ गरेको छ । सोही ठाउँका २२ वर्षीय अभिषेक बसुवा र गौरीगङ्गा नगरपालिका-१ का २२ वर्षीय विष्णु गुरूङ पक्राउ परेका प्रहरीद्वारा प्रकाशित प्रहरी बुलेटिनमा जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छ : रास्वपा सांसद आचार्य विश्वकप उद्घाटनसँगै विवाद मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल फिर्ता लिइयोस्… भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा समेत झुटो बोल्नुभयो : ज्ञानबहादुर… मन्त्रालयमा बजेट अभाव भएको गृहमन्त्री गुरुङको गुनासो बेइमानी गरेको प्रमाणित गर्नुस्, राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु :… प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीको अवरोध कायमै सुनचाँदीको मूल्य आज पनि घट्यो यस्तो छ नेपाली समयअनुसार फिफा विश्वकप २०२६ को खेलतालिका लागुऔषध नियन्त्रणका लागि मौजुदा संरचना र कानून अपर्याप्त : सांसद राई