रुपन्देही । सार्वजनिक तथा निजी सवारी साधनको आवद्धता वृद्धि गर्ने लक्ष्यसहित यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले ८७ दिने अभियान सुरु गरेको छ ।
कोषले यो अभियानलाई ३ भागमा वर्गीकरण सवारी कोषमा आवद्ध हुने सवारी साधनको संख्या बढाउने योजना बनाएको हो । ८७ दिने अभियानको कोषका पुर्व अध्यक्ष एवं मानार्थ सदस्य तथा रुपन्देही भूमि समस्या समाधान आयोगका अध्यक्ष कुमार थापाले आइतबार शुभारम्भ गर्नुभयो ।
त्यस अवसरमा बोल्दै उहाँले धेरै भन्दा धेरी सवारी साधनलाई कोषमा आवद्ध गराएर दुर्घटना न्युनीकरणको अभियानमा प्रभावकारी ढंगले लाग्न आग्रह गर्नुभयो । यो अभियानको सफलताका कामना गर्दै उहाले दुर्घटनापछि हुने संभावित क्षतिबाट राहत दिलाउनका लागि कोषले थालेको यो अभियानले सार्थकता पाउने विश्वास पनि व्यक्त गर्नुभयो ।
कोषले ८७ दिने विशेष अभियानमा सवारी साधनहरुलाई विशेष छुटको योजना समेत ल्याएको छ । जस अनुसार ठूला गाडीको दर्ता शुल्क २१ सय रुपियाँ लिंदए आएकोमा यो अभियानभर ११ सय कायम गरिएको छ ।
त्यस्तै साना गाडीको दर्ता शुल्क १५ सय लिंदै आएकोमा अभियानभरका लागि ५ सय रुपियाँ कायम गरिएको छ । त्यस्तै नयाँ सवारी साधनको एकमुष्ट वार्षिक शुल्क काट्नेलाई टिसर्ट प्रदान गरिने छ भने विशेष ८७ दिने अभियानमा सबभन्दा बढी गाडी कोषमा आबद्ध दर्ता गर्नेलाई सम्मान गरिने छ । अभियान सञ्चालनका लागि अध्यक्षको संयोजकत्वमा १०१ सदस्यीय संचालन कमिटी गठन गरिएको छ ।
उक्त अभियानअन्तर्गत माघ मसान्तभित्र पाल्पा, स्याङ्जा, कास्की, बाग्लुङ, कुश्मा, बेनी, रुकुम पूर्व, नवलपुर, चितवन, मकवानपुर, पर्सा, सर्लाही, सिराहा, सुनसरी, मोरङ सम्मका विभिन्न स्थानमा भलाई कोषको टोली पुग्ने अध्यक्ष दिनेश फुल्लेलले जानकारी दिनसभयो । “त्यसक्रममा यातायात व्यवसायी प्रा.लि.तथा यातायात व्यवसायी समिति, विभिन्न प्रकारका यातायातका सवारी साधनका व्यवसायी संघसंग भेट गर्नुका साथै प्रशिक्षण कार्यक्रम संचालन गरिने छ भने हेटौडा र विरगञ्जमा कार्यालयको स्थापना गरिने छ”-अध्यक्ष फुल्लेलले भन्नुभयो ।
त्यस्तै कोषले आगामी फागुन १ गतेदेखि रुपन्देही जिल्लाका उद्योग वाणिज्य संघ तथा उद्योग संघलगायतका संघ/संस्था तथा विभिन्न कलकारखाना, फ्याक्ट्री, सिमेण्ट फ्याक्ट्री, तथा ईट्टाभट्टा लगायत अन्य व्यावसायिक संघ संस्थामा भेटघाट तथा अभियान संचालन गर्ने कोषका उपाध्यक्ष छविलाल थापाले बताउनु भयो ।
सम्भावित स्थानमा शाखा विस्तारको अभियानअन्तर्गत दाङ जिल्लाको तुलसीपुरलगायत अन्य स्थानमा पनि शाखा बिस्तार तथा कोष बृद्धि अभियान लुम्बिनी प्रदेशभर चलाउने, ८७ दिनको उपलब्धि प्रगति विशेष अभियानमा आइपरेका समस्या, उपलब्धि, चुनौती सबैको समीक्षा गरी आगामी बैशाख ३ गते कोषको स्थापना दिवसको दिन अभियान समापन गरिने कोषका महासचिव योगबहादुर गुरुङले जानकारी दिनुभयो ।
यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले पशुपंक्षीको मृत्युमा पनि लगानी गर्दै आइरहेको छ । त्यस्तै निर्जिव दुर्घटनामा समेत लगानी गरी व्यवसायीलाई दुर्घटनाको झन्झटबाट मुक्त गराउने गरिएको कोषका सचिव विजेश न्यौपानेले बताउनु भयो । कोषमा वार्षिक मासिक शुल्क बुझाइरहेका सवारी दुर्घटनामा परी अंगभंग भएका असहाय, अपाङ्ग मजदुरहरुलाई मासिक रुपमा कोषले अपाङ्ग मजदुर सहयोग गर्दै आइरहेको कोषका कोषाध्यक्ष प्रकाशकुमार नेपालले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच