छाडा चौपाया ब्यवस्थापनमा सिद्धार्थनगरको सक्रियता

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका भैरहवाले छाडा चौपाया व्यवस्थापनमा सक्रियता देखाएको छ ।

अघिल्लो बर्ष पश्चिम नवलपरासीको एक गौशालाको समन्वयमा छाडा चौपाया व्यस्थापन गरेको नगरपालिकाले यो पकट कपिलवस्तुकाे बाणगंगा नगरपालिकाको समन्वयमा ब्यवस्थापन सुरु गरेको हो ।

यो बर्ष शनिवार देखी छाडा चौपाया व्यवस्थापन अभियान सुरु गरिएको र पहिलो दिन ५० भन्दा बढी छाडा चौपाया बजार क्षेत्रबाट नियन्त्रणमा लिईएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत जनक थापाले बताउनु भयो ।

उहाँका अनुसार ति गाईगोरु कसैले आफ्नो भनी दावी गर्न आएमा न्युनतम सात हजार जरिवाना गराएर दिईने र अन्यथा व्यस्थापनको लागि कपिलवस्तु लैजाने तयारी भैरहेको छ ।

नगर क्षेत्रभित्र थारा, बेत बसेका वा दूध दिन छोडेका र बिरामी गाईगोरु बेवारिसे अवस्थामा छोडिदिने चलन बढेको र यसले गर्दा सडकमा छाडा गाईवस्तु बढ्न थाले पछि व्यस्थापन सुरु गरीएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्याक अहमद खाँले बताउनु भयो। ।

सहर बजारका पसले, सडकमा गुड्ने गाडीदेखि बस्तीका किसान सम्मलाई छाडा चौपायाले हैरान बनाउन थालिएपछि व्यस्थापन सुरु गरिएको उहाँको भनाई छ । छाडा चौपाया व्यस्थापनको लागि नगरपालिकाले वडा नं ११ मा आफै गौशाला निमार्ण गर्न लागेको र निमार्ण सम्पन्न नहुञ्जेल गौशाला र चरण क्षेत्र भएका पालिकाहरुसंग समन्वय गरेर व्यस्थापन गरिने नगर प्रमुख खाँले जानकारी गराउनु भयो ।

सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता एवं छाडाचौपाया व्यवस्थापन संयोजक भोला यादवले गाईगोरु धनीहरुले हेलचेक्रयाईं गरी जथाभावि छाड्डा पनि बजारमा छाडा चौपाया ब्यवस्थापन चुनौती बनेको उल्लेख गर्नुभयो । उहाले छाडाचौपायको सुरक्षित साथ व्यस्थापन सुरु गरीएको र यसलाई नियमित गरिने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?