सरकारी जग्गा अतिक्रमण गरी बनाइएका भवनहरुमा चल्यो डोजर

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं महानगरपालिका ७ स्थित धोबिखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएको भवनहरु भत्काउन शुरु गरेको छ ।

आईतवार प्राधिकरणको टोलीले काठमाडौंको चाबहिलस्थित मालपोत कार्यलय नजिक रहेका भवनहरु भत्काउन शुरु गरेको हो । भवन बनाउँदा सरकारी जग्गा मिचेर बनाएकाले भवन भत्काउनु परेको प्राधिकरणको भनाइ छ । सो क्रममा स्थानीयहरुले केहीबेर अवरोध समेत गरेका थिए ।

मापदण्ड विपरीतको संरचना, सार्वजनिक जग्गामा बनेका संरचना हटाउने कार्यअनुसार आजबाट काम थालिएको उपत्यका विकास प्राधिकरणले बताएको छ । धोविखोला र वागमती नदी किनारमा करिव ५ सय रोपनी जग्गा सार्वजनिक जग्गा अतिक्रमण भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?