काठमाडौं । आगामी फागुन २ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘रंगी’ टिजर र गीत ‘छ भने माया’का कारण चर्चामा छ । बाबुछोरीको कथा बोल्ने यो चलचित्रमा सलोन बस्नेत, आयुषी ढकाल, नम्रता श्रेष्ठ प्रमुख भूमिकामा हुनुहुन्छ ।
सलोन नै प्रस्तुतकर्ता रहेको चलचित्रको प्रचारका लागि सलोन र ‘छ भने माया’का गीतकार तथा संगीतकार दुर्गेश थापा महोत्सव दौडाहामा हुनुहुन्छ । उहाँहरूले हालैमात्र बर्दियाको बासगढी महोत्सवबाट चलचित्रको प्रचारप्रसार सुरु गर्नुभएको छ ।
सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको ‘रंगी’ सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको हो । चलचित्रमा सलोन, नम्रता, आयुषीसँगै दिलीप रायमाझी, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको पनि अभिनय छ ।
सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ । चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र ऋच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच