
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले अनेसास पुरस्कार समितिका निवर्तमान अध्यक्ष प्राडा.गोपी उप्रेतीको कविता कृति ‘प्रकृत्या सह जीवनम्’ लोकार्पण गरेको छ । काठमाडौंमा एक विशेष कार्यक्रमबीच च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको सभापतित्व, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख अतिथ्यता र प्रतिष्ठानका प्राज्ञ तथा काव्यविभाग प्रमुख बाबा बस्नेतको विशिष्ट अतिथ्यताा उक्त कृति लोकार्पण गरिएको हो ।
अनेसासका पूर्वअध्यक्ष राधेश्याम लेकाली, समालोचकद्वय डा.गीता त्रिपाठी, महेश पौड्याल, कोशी प्रदेशसभाका सांसद् मीना श्रेष्ठ, अनेसास उपाध्यक्ष सरिता अर्याल सदस्यहरू सुमन वर्षा र तारा उप्रेती विशेष अतिथिका रूपमा मञ्चासिन हुनुहुन्थ्यो । कार्यक्रममा च्याप्टरका उपाध्यक्ष निर्मलरमण पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बिरुवामा पानी हालेर समुद्घाटन गरिएको उक्त कार्यक्रममा ‘प्रकृत्या सह जीवनम’लाई मंचासीनहरूले संयुक्तरूपमा लोकार्पण गर्नुभएको थियो । स्रष्टा उप्रेतीको परिचय कोषाध्यक्ष कमला रिसालले दिनुभएको थियो भने समालोचकद्वय त्रिपाठी र पौड्यालले पुस्तकमाथि व्यापक चर्चा गर्नुभएको थियो ।
च्याप्टरले प्राडा.उप्रेतीलाई माला तथा पुष्प वर्षासहित स्रष्टासम्मानपत्र अर्पण गरेको थियो । प्राडा.उप्रेतीका विद्यार्थीहरू पूर्वमन्त्री विमला पौडेललगायत प्राध्यापक डाक्टर इन्जिनियरलगायत दर्जनौं अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
नेपाल च्याप्टरका उपाध्यक्ष मञ्जिला अनिलद्वारा सहजीकरण गरिएको कार्यक्रममा स्रष्टा उप्रेतीले कृतिका बारेमा आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो भने साहित्यकार कृष्ण बाउसे, विक्रम भक्त जोशीलगायतले कृतिभित्रबाट कविता वाचन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच