
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा कर्जा सदुपयोगबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नबिल बैंक लिमिटेडको सहकार्यमा टोखा विकास अनुसन्धान समाज टोखाको आयोजनामा एकदिने कर्जा सदुपयोगसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
उक्त अन्तरक्रियामा कर्जा किन लिने ? कति लिने ? कहाँबाट लिने ? जे कामका लागि लिइएको हो सोही काममा प्रयोग गर्नुपर्ने, प्रयोग नगर्दा हुने समस्या सम्बन्धमा निक्षेपकर्ता संस्था र ऋणीहरूबीचमा छलफल भएको थियो ।
नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रियामा ऋषि वाग्ले र अनुराग ज्ञवालीले कर्जा सदुपयोगसम्बन्धी प्रशिक्षण दिनुभएको थियो । छलफलबाट प्राप्त राय सुझाव सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूलाई प्रतिवेदनमार्फत् उपलब्ध गराउने टोखा विकास अनुसन्धान समाज टोखाका अध्यक्ष एवं नेपाल राष्ट्र बैंकका पूर्वसञ्चालक रामजी रेग्मीले जानकारी दिनुभयो ।
अन्तरक्रियामा उठेका प्रश्न, राय र सुझावलाई निक्षेपकर्ता र ऋणीहरूलाई कर्जा सदुपयोगका सम्बन्धमा कायम रहेका नीतिगत व्यवस्थाहरू र निर्देशनहरूबारे जानकारी गराउने बताइएको छ । छलफलबाट उठेका प्रश्नको समाजका अध्यक्ष एवं राष्ट्र बैंकका पूर्वसञ्चालक रामजी रेग्मीले उत्तर दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच