
सांगीतिक भ्रमणको सिलसिलामा झण्डै चार महिना युकेको बसाई पश्चात स्वदेश फर्कनुभएकी लोकप्रिय गायिका सत्यकला राई यहाँ पनि दैनिकजसो मेला महोत्सवको स्टेज कार्यक्रममा व्यस्त हुने गर्नुभएको छ । चलचित्र ‘डाँडाको बरपिपल’ शीर्ष गीत गाएर सांगीतिक क्षेत्रमा प्रवेश गर्नुभएकी गायिका सत्यकला राईको ‘र्याइँर्याइँ गर्यो सारंगी...’ ‘तिमी मसँग नबोल्ने अरे...’, ‘इन्टरनेटैमा...’, ‘ए पूर्वै धारन..’, ‘बेनी मेलैमा..’, ‘आलुदम चना...’,लगायत दर्जनौ गीत चर्चामा रहे पनि ‘तिमीलाई हङ्कङ पुर्यायो आइडी काडैले...’ बोलको गीतले गायिका राईलाई थप सफलता दिलायो । पूर्वको सुन्दर स्थान खोटाङ माक्पाकी स्थानीय गायिका राईको विगतमा ‘आइडी काडैले, बिर्सी जानेलाई, गुनासो’लगायत अडियो एल्बम सार्वजनिक भएका छन् । देश-विदेशमा हुने सांगीतिक कार्यक्रममा प्रायः व्यस्त रहनुहने गायिका सत्यकला राई चलचित्र ‘काँडेतार’का निर्माता मध्यकी एक हुनुहुन्छ । विदेश बसाई र नेपाली गीतसंगीतको बारेमा सत्यकला राईसँग हिमालय टाइम्सका लागि कृष्ण भुसालले गर्नुभएको संवादको संक्षिप्त अशः-
भर्खरै यूके भ्रमण सक्काएर नेपाल आइपुग्नु भएको छ । यूकेमा कार्यक्रम भव्य रूपले सम्पन्न भएको भन्ने कुरा विभिन्न सामाजिक सञ्जालतिर सुनियो, देखियो । कस्तो अनुभव भइरहेको छ ?
हजुर, कार्यक्रमहरू अति नै राम्रो भयो । करिब साडे तीन महिना यूकेमा बिताए । डेढ दर्जनभन्दा बढी कार्यक्रम भए । मेरा शुभचिन्तक, फ्यानहरूका बीचमा अविष्मरणीय कार्यक्रम भए, ज्यादै खुशी छु ।
अहिले नेपाल आएपछि कत्तिको बिजी हुनुहुन्छ नि ?
नेपाल आएदेखि विभिन्न कन्सर्ट मै बिजी छु । यहाँ मेला महोत्सव पनि चलिरहेका छन् । त्यसैले अझ बढी व्यस्त भइरहेको छु ।
जस्तोसुकै शब्द भएका गीतले क्षणिक मनोरञ्जन त दिन्छ तर समाजलाई राम्रो सन्देश दिन सक्दैन भने यसले समाजलाई भाड्ने कामबाहेक केही पनि गर्न सक्दैन । आफ्नो संस्कार, संस्कृतिलाई जोगाउन सक्दैन । गीतसंगीत भनेको समाजको ऐना हो । त्यसैले गीतसंगीतले समाजमा मनोरञ्जनका साथै राम्रो सन्देश दिन सक्नुपर्छ । तर, अहिलेका कतिपय गीतहरू परिवारसँगै बसेर हेर्न र सुन्न नसकिने खालका हुन्छन् । त्यसैले गीतसंगीत सेन्सर भएरमात्र बजारमा ल्याउनुपर्छ ।
स्रष्टाका लागि गीतसंगीत बेचेर बाँच्न सकिन्छ ?
अहिलेको स्थितिमा स्रष्टाहरू बाँच्नमात्र होइन राम्रै जीवन जिउन सक्ने अवस्था भइसकेको छ । गीतसंगीतमा व्यावसायिकता आइसकेको छ ।
प्रतिलिपी अधिकार ऐनअन्तर्गत अन्य भौतिक सम्पत्ति जस्तै बौद्धिक सम्पत्तिको पनि संरक्षण गर्ने र त्योबापत वास्तविक स्रष्टाले रोयल्टी प्राप्त गर्ने नियम भए पनि व्यावहारिकतामा छैन भन्छन् नि ?
हो, यो सत्य हो । अन्य भौतिक सम्पत्ति जस्तै बौद्धिक सम्पत्तिको पनि संरक्षण हुनुपर्छ । र, वास्तविक स्रष्टाले आफ्नो रोयल्टी पाउनुपर्छ । तर, यहाँ कतिपय चलाख कम्पनीहरूले स्रष्टाको बौद्धिक सम्पत्तिलाई आफ्नो बनाएर खाइरहेका छन् । यस विषयमा कतिपय स्रष्टाहरू अनभिज्ञ छन् भने कतिपयले थाहा पाएर पनि अधिकार प्राप्त गर्न सकिरहेको अवस्था छैन । कतिपय व्यक्तिहरूले थोरै लगानी गरेकै भरमा सारा अधिकार आफैंले लिएर आयआर्जन गरिरहेका छन् । यस्तालाई पत्ता लगाएर कारबाहीको दायरामा ल्याउनुपर्छ र प्रत्येक स्रष्टालाई न्याय दिनुपर्छ ।
तपाईं यस क्षेत्रबाट कत्तिको खुशी हुनुहुन्छ ?
म यस क्षेत्रबाट अत्यन्तै खुशी छु किन भने सर्वप्रथम त मैले करोडौं मेरा शुभचिन्तकहरूको माया पाएको छु । कमाई पनि राम्रो छ । सैयौं संघ संस्थाहरूबाट सम्मान पाएको छु । विभिन्न अवार्ड, पुरस्कार पाएको छु । विभिन्न देश विदेश घुम्न पाएको छु । यिनै मेरा जीवनका ठूला उपलब्धि हुन् ।
वर्तमान समयमा नेपाली गीतसंगीतको अवस्था कस्तो छ ?
वर्तमान समयमा गीतसंगीतको अवस्था व्यावसायिक रूपले हेर्ने हो भने धेरै राम्रो छ । आयआर्जन धेरै राम्रो हुँदै आइरहेको छ । तर, समाजमा विकृति पनि बढिरहेको छ । व्यावसायिकताको नाममा सस्ता र छाडा प्रकारका शब्दहरू प्रयोग गर्ने अनि भाइरल हुने होड्वाजीमा समाज कतातिर जाने हो भन्ने गम्भीर चिन्ताको विषय पनि छ ।
गीतसंगीत सेन्सर भएरमात्र बजारमा आउनुपर्छ भन्नेमा सहमत हुनुहुन्छ ?
यसमा म शतप्रतिशत सहमत छु किनभने जस्तोसुकै शब्द भएका गीतले क्षणिक मनोरञ्जन त दिन्छ तर समाजलाई राम्रो सन्देश दिन सक्दैन भने यसले समाजलाई भाड्ने कामबाहेक केही गर्न सक्दैन । आफ्नो संस्कार, संस्कृतिलाई जोगाउन सक्दैन । गीतसंगीत भनेको समाजको ऐना हो । त्यसैले गीतसंगीतले समाजमा मनोरञ्जनका साथै राम्रो सन्देश दिन सक्नुपर्छ । तर, अहिलेका कतिपय गीतहरू परिवारसँगै बसेर हेर्न र सुन्न नसकिने खालका हुन्छन् । त्यसैले गीतसंगीत सेन्सर भएरमात्र बजारमा ल्याउनुपर्छ ।
अघिल्लो साता चर्चामा रहेको गीत साता बित्न नपाउँदै श्रोताले बिर्सिन्छन् के राम्रो सिर्जना आउन नसकेर हो ?
सस्तो र क्षणिक मनोरञ्जनका लागि बनाइएका गीतहरू चाँढै स्रोताहरूले बिर्सिन्छन् । जुन गीतमा रस हुँदैन, सन्देश हुँदैन र अर्को कुरा विशाल सामाजिक सञ्जालभित्र धेरैवटा गीतहरू एकैचोटि बजारमा आउने अनि एउटा गीत चल्दाचल्दै अर्को गीतले छोप्ने कारणले गर्दा यस्तो हुन्छ । कतिपय सिर्जना धेरै राम्रो हुँदाहुँदै पनि यसरी नै ओझेलमा पर्ने गर्छन् ।
संगीत क्षेत्र डिजिटल युगमा प्रवेश गरिसकेपछि के परिवर्तन पाउनुभयो ?
संगीत क्षेत्र डिजिटल युगमा प्रवेश गरिसकेपछि संगीत क्षेत्रमा आमूल परिवर्तन भएको छ । सर्वप्रथम त आवाजको क्वालिटीमा परिवर्तन आएको छ । पहिलेको भन्दा डिजिटल युगमा काम छिटोछरितो र धेरै सजिलो भएको छ । पहिले–पहिले गीतसंगीत रेडियो, टेलिभिजनमा मात्र प्रचारप्रसार गरिन्थ्यो । अहिले प्रविधिको उच्चतम प्रयोग भइरहेको छ । विभिन्न म्युजिक प्ल्याटफर्महरू, जस्तै युट्युब, टिकटक, स्पोर्टिफाइ, फेसबुक, इन्स्टाग्राम इत्यादिद्वारा एकैचोटि सैयौं हजारौं गीतहरू प्रसार हुन्छन् र छानीछानी सुन्न पाइन्छ । यसबाट आयआर्जन धेरै गर्न सकिन्छ । अहिले स्रष्टाहरू आफ्ना सम्पूर्ण जरुरत यसैबाट पूरा गर्नुको साथै हाइफाइको जीवन जिउन सकिरहेका छन् ।
तपाईंका चर्चित गीतहरूमध्ये ‘तिमीलाई हङ्कङ पुर्यायो’ गीत कस्तो अवस्थामा बनेको सिर्जना हो ?
यो गीत त्यो बेलाको समसामयिक विषयमा बनेको गीत हो । त्यसैले यो सुपर डुपर बन्यो । वास्तवमा यो गीत ब्रिटिश आर्मीमा हुनुभएका आर्मीका छोराछोरी जो हङ्कङमा जन्मिनु भएकाको जन्म दर्ताको आइडेन्टिटी कार्ड हो । त्यो कार्ड भएपछि हङ्कङमा धेरै नेपालीहरूले रोजगारी पाउनुभएको छ । त्यो समयमा यस आइडी कार्डको ठूलो चर्चा थियो । त्यसैले पनि होला यो गीत यति धेरै पपुलर बन्यो । अझै कतिपय मेरा फ्यानहरू मैले स्टेजमा यो गीत गाउँदा रुनु हुन्छ । यो बुद्धवीर लामाज्यूको रचना हो । उहाँ वास्तविक घट्ना साथै समसामयिक विषयमा लेख्ने गीतकार हुनुहुन्छ । यो पनि यसरी नै वास्तविक आफ्नो छिमेकमा घटेको घटनामा आधारित गीत हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच