काठमाडौं । पूर्वसचिव तथा साहित्यकार गोपी मैनाली सम्मानित हुनुभएको छ । शनिबार एक समारोह आयोजित गरी राजीवलोचन जोशीको ९६औं स्मृति दिवसको सन्दर्भ पारेर उहाँलाई राजीवलोचन जोशीका नामको पुरस्कार प्रदान गर्नुका साथै सम्मानित पनि गरियो । राजीवलोचना जोशी माध्यमिककालीन प्रसिद्ध कवि हुनुका सार्थ मोतीराम भट्टको मोती मण्डलीमा रहेर शृंगारिक कूट कविताहरू लेख्ने गर्थे ।
जनस्तरबाट कविशोरोमणिको उपाधिसमेत पाएका कवि जोशीको स्मृतिमा आयोजित उक्त कार्यक्रमको सभापतित्व पुरुषोत्तमराज जोशीले गर्नुभएको थियो भने प्रमुख अतिथि रमा शर्मा रहनुभएको थियो ।
इन्दिरा जोशीको स्वागत मन्तव्य रहेको उक्त, कार्यक्रममा पुरस्कृत व्यक्तित्व मैनालीका बारेमा प्राडा.दीनेशराज पन्तले प्रकाश पानुभएको थियो । बृहस्पति विद्यासदन नक्लालमा आयोजित उक्त कार्यक्रमा पुरस्कृत व्यक्तित्व मैनालीले संस्थाप्रति आभार व्यक्त गर्नुभएको थियो भने राजाराम जोशीबाट प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
राजीवलोचन जोशी स्मृति प्रतिष्ठान आयोजक रहेको उक्त कार्यक्रमको सञ्चालन कोषराज न्यौपानेले गर्नुभएको थियो । सभापति जोशीले धन्यवाद ज्ञापनसहित कार्यक्रमको समापन गर्नुभएको थियो ।







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध