
राष्ट्रिय स्वयंसेवक संघ र उसको भ्रातृसंस्था भाजपाले बंगलादेशविरुद्ध अल्पसंख्यक हिन्दुहरूका विषयमा वक्तव्य र भाषणबाजी गरिरहेको र शेख हसिनालाई फिर्ता गर्न भारतले आनाकानी गरेकाले दुई देशबीच सम्बन्ध सुमधुर छैन । मोदी नेतृत्वको सरकारले बंगलादेशसँग सम्बन्ध सुधार गर्न नसकेपछि सेनाको सहारा लिएको देखिन्छ । स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले बंगलादेशका स्थल सेनाध्यक्षसँग फोनमा लामो कुराकानी गरेको सार्वजनिक भएको छ । गत सोमबार भारतीय सेना दिवसको पूर्वसन्ध्यामा पत्रकारहरूलाई द्विवेदीले सम्बोधन गर्दै भनेका थिए, ‘बंगलादेश, इण्डियाका लागि महत्वपूर्ण हिस्सेदार हो तर साविक सम्बन्ध तब स्थापित हुन्छ जब बंगलादेशमा निर्वाचित सरकार हुनेछ । हामी दुई देशसँगै बस्नुपर्छ । एकअर्कालाई जान्नु र बुझ्नपर्छ ।’
बंगलादेशी सञ्चारमाध्यमले यसलाई स्वतन्त्र छिमेकी देशसँग पारस्परिक श्रद्धाबोध तथा सुसम्पर्क कायम राख्न महत्वपूर्ण हुनेछ भनेका छन् । द्विवेदीले पत्रकार सम्मेलनमा भनेका छन् : उनले बंगलादेशका सेनाध्यक्ष जनरल बाकर उजजामानसँग सामरिक सम्बन्धका बारेमा सम्पर्क राखिरहेका छन् । गत नोभेम्बर २४ देखि दुई देशको सेनाध्यक्षबीच भिडियो कन्फरेन्स र फोनवार्ता चलिरहेको छ । यसबीचमा इण्डियन विदेशमन्त्रालयका विदेशसचिव विक्रम मिश्रीसँग ढाकामा बाकरसँग एक घण्टा वार्तालाप भएको छ तर बंगलादेशी सेनाध्यक्षले वार्ताको सम्बन्धमा मुख खोलेका छैनन् । उनको यो मौनताप्रति त्यहाँका सञ्चारमाध्यम, जनता इण्डियाको हेपाहा, शोषक प्रवृत्ति अनुभव गर्दैछन् र क्रूद्ध छन् ।
पृथ्वीनारायण शाहले सेनाको प्रतीक चिहृन त्रिशूल र डमरु शिव र शक्तिको प्रतीकका रूपमा राखेका थिए, आफूले शक्ति प्राप्त गरेका गुरु गोरखनाथ र महाकालीको नामबाट सेनाको नारा जय जयगोरख जय जयकाली राखेका थिए । आज त्यो सोच र देशभक्त सेनाहरूको भावना कहाँ गयो ?
दुई देशको नेतृत्वबीच सम्बन्ध बिग्रिए सेनाले कसरी आफ्नो देशको हितलाई सर्वोपरी राखी दुई देशबीच सम्बन्ध सुधार गर्न प्रयास गर्छन् भन्ने यो एक दृष्टान्त हो तर नेपालको सम्बन्धमा यहाँको सेनाले त्यस्तो प्रयास गरेको देखिँदैन । श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले गुरु गोरखनाथ, भगवन्तनाथ, मनकामना, महाकाली, ६४ योगिनी, भैरव आदिको आध्यात्मिक शक्तिको बलमा महाशिवरात्रीको दिन स्थापना गरेको गोर्खाली सेना वर्तमान नेपाली सेनामा नेपाल पुनःएकीकरण हुँदाको जस्तो देशभक्ति र पराक्रम देखिँदैन । वर्तमान सेना जंगबहादुर राणाले कोतपर्व रचेर देशभक्तहरूको बलि लिएर बनाएको सेना हो ।
यस सेनाको जग हाल्ने जंगबहादुर जसले आफ्नो विरोध गर्ने, आफ्ना कुरा नमान्ने राजालाई समेत बन्दीगृहमा राखेर मृत्युवरण गर्न बाध्य गरेको सेना हो । ब्रिटिशहरूको सहायताले उनले देशभक्त सेनाहरूको बलि चढाएको इतिहास यस सेनाको जग हो । दरबार हत्याकाण्ड हुँदासमेत त्यसको जिम्मेवारी नलिने तत्कालीन प्रधानसेनापति प्रज्ज्वल शमशेरको लिगेसी बोकेको सेना हो यो । प्रज्ज्वल शमशेर र प्रचण्डबीच कस्तो सम्बन्ध थियो यसबारे पूर्वजर्णेल चिनियाँबहादुर बस्नेतले लेखेको पुस्तक नै काफी छ । कसरी प्रज्ज्वल शमशेर र प्रचण्डको योजनामा ब्यारेकहरूमाथि आक्रमण भएको थियो भनेर उनले आफ्नो पुस्तकमा खुलाएका छन् । सेनाभित्रबाटै आफ्नो सेनापतिको रहस्य बाहिर आएकाले उनको कुरालाई नकार्न सकिँदैन ।
तत्कालीन प्रधानसेनापति प्यारजंग थापालाई इण्डियन विदेशसचिव श्यामशरणले धम्क्याएपछि उनले राजाको साथ छोडिदिए र २०६२/०६३ को आन्दोलन चर्र्किएको कुरा श्यामशरण स्वयंले बताएका छन् । अर्का प्रधानसेनापतिले मैले गणतन्त्र ल्याएकोसम्म भन्न भ्याएका थिए । पृथ्वीनारायण शाहको लिगेसीविरुद्ध गए पनि नेपाली सेनाले उहाँको जन्मजयन्ती मनाउन छोडेको छैन । पृथ्वीनारायण शाहले सेनाको प्रतीक चिहृन त्रिशूल र डमरु शिव र शक्तिको प्रतीकका रूपमा राखेका थिए र आफूले शक्ति प्राप्त गरेका गुरु गोरखनाथ र महाकालीको नामबाट सेनाको नारा जय जयगोरख जय जयकाली राखेका थिए । आज त्यो सोच र देशभक्त सेनाहरूको भावना कहाँ गयो ?
समग्रमा नेपाली सेना इण्डियाको मानार्थ सेना, युएनको शान्ति सेना तथा इण्डो प्यासिफिक रणनीतिको सेनामा परिणत भएको छ । के यस्तो सेनाबाट देशभक्तिको आश गर्ने ? मैले मेरो यो भनाइ देशभक्तिको भावना भएका सेनाका जवानहरूका बारेमा होइन, मेरो भनाइ सेनाको नेतृत्वप्रति हो । जे होस्, भारतीय सेनाध्यक्ष किन बाध्य भए त बंगलादेशसँग सम्बन्ध सुधार्न ? जब पाकिस्तानको मालवाहक जहाज पाकिस्तानबाट चट्टगाउँ पुग्यो तब इण्डियनहरू झस्के । आज मालवाहक जहाज आएको छ बंंगलादेशमा, भोलि हतियार नआउला भन्ने के छ र ? त्यसमाथि पाकिस्तानले बंगलादेशलाई आणविक हतियार तथा प्रविधि दिने सहमति गरेपछि इण्डिया झन झस्कियो । सम्बन्ध सुधारको विकल्प देखेन इण्डियाले ।
त्यसैले सेनालाई अगाडि सार्यो तर उता बंगलादेशले पाकिस्तानसँग सैन्य सम्पर्क प्रगाढ गर्दै गइरहेको छ । केही दिन पहिले बंगलादेशी सैनिक जर्नेल पाकिस्तान गएर सैन्य सहयोगसम्बन्धी कुरा गरेर फर्केका थिए । उनीहरू वार्ता गर्ने स्थानको भित्तामा पाकिस्तानका राष्ट्रपिता मोहम्मद अली जिन्नाको तस्वीर झुण्ड्याइएको थियो । यो एउटा कूटनीतिक सन्देश पनि हुन सक्छ । कूटनीतिमा संकेतले ठूलो अर्थ राख्छ । गत बुधबार उच्चस्तरीय बंगलादेशी डेलिगेसन टोलीले पाकिस्तानी वायुसेनाको एयर चिफमार्शल जहिर अहमद बाबर सिधुलाई भेटे । उनले पाकिस्तानी एयर मार्सलसँग विकसित सैन्य उपकरण र जे एफ १७ थण्डर फाइटर जेटहरू किन्ने इच्छा व्यक्त गरे ।
वायु सेनाको हेडक्वार्टरमा भएको वार्तामा दुई देशबीच सैनिक सम्बन्ध मजबुत पार्ने र दुबै देशका वायुसेनाबीच सहयोगको आदानप्रदान गर्ने सहमति भएको समाचारहरू छन् । पाकिस्तानी एयर मार्सलको भनाइ अनुसार दुई देशबीच सैन्य पार्टनरसिपयुक्त तालिमको विस्तारको बारेमा सहमति भएको छ । दुबै देशबीच सैन्य सहयोग रसहभागितालाई बलियो बनाउन सहमति भएको छ । एउटा शक्तिशाली छिमेकीले आफ्नो राष्ट्रसँग मुखमा मीठो भए तापनि भित्रभित्रै शत्रुतापूर्ण व्यवहार गर्छ भने अर्को शक्तिशाली छिमेकीसँग कसरी सम्बन्ध राखेर आफू र आफ्नो राष्ट्रलाई सामरिक रूपमा शक्तिशाली बनाउनुपर्छ भन्ने विषयलाई नेपाली सेनाले बंगलादेशी सेनासँग सिक्न सक्नुपर्छ । अवकाशपछि विदेशमा गएर बस्ने, विदेशमा घर बनाउने वा प्राप्त गर्ने सेनापतिहरू कसरी देशभक्त बन्न सक्छन् ।
बंगलादेश र पाकिस्तानबीच सामरिक दक्षता अभिवृद्धि गर्न पाकिस्तानको ज्वायन्ट चिफ अफ स्टाफ कमिटीको अध्यक्ष जर्नेल साहर समशेद मिर्जा आगामी मार्चमा बंगलादेशको भ्रमण गर्दैछन् । यसलाई दुई देशको सम्बन्ध र क्षेत्रीय भूराजनीतिक रूपमा अर्थपूर्ण ढंगले हेरिएको छ । साहिरले बंगलादेशको स्थल, नौ र वायु सेनाको समकक्षी र सेनाहरूका अफिसरहरू तथा सरकारसँग सौजन्य वार्ता गर्नेछन् । यस अतिरिक्त विभिन्न तीनै सेनाहरूको प्रशिक्षण केन्द्रको निरीक्षण गर्ने सार्वजनिक गरिएको छ । साथसाथै सिलहटमा अवस्थित स्कुल अफ इन्फेन्ट्री एण्ड ट्याक्टिक्सको एउटा पासिङ आउटमा प्रशिक्षण लिइरहेका प्रशिक्षार्थी क्याडेटहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
एउटा शक्तिशाली छिमेकीले आफ्नो राष्ट्रसँग मुखमा मीठो भए तापनि भित्रभित्रै शत्रुतापूर्ण व्यवहार गर्छ भने अर्को शक्तिशाली छिमेकीसँग कसरी सम्बन्ध राखेर आफू र आफ्नो राष्ट्रलाई सामरिक रूपमा शक्तिशाली बनाउनुपर्छ भन्ने विषयलाई नेपाली सेनाले बंगलादेशी सेनासँग सिक्न सक्नुपर्छ ।
जर्नेल साहिर एकपछि अर्को मुस्लिम राष्ट्रहरूमा भ्रमण गरेर दुई देशबीच सैन्य सम्बन्ध बढाउनेलगायत सामरिक कूटनीति बढाउनतिर लागेका व्यक्ति हुन् । उनले सउदी अरब, इराक, कुवेत, जोर्डन, ओमन र अजरबैजानको भ्रमण गरिसकेका छन् । पहिलोपटक पाकिस्तानमा आयोजना हुनलागेको आमान २०२५ नौसेनाको फेब्रुवरी ७ देखि ११ सम्म कराँचीमा हुने अन्तर्राष्ट्रिय समारोहमा धेरै वर्षपछि बंगलादेशले भाग लिने भएको छ । जसमा अमेरिका, जापान, मलेशिया, श्रीलंका, बंगलादेशलगायत ५४ वटा देशले भाग लिनेछन् ।
सन् २०२२ मा पाकिस्तानी नौसेनाको जहाज सामरिक सहयोग बढाउने उद्देश्यले पिएनएस तैमुर पानीजहाज बंगलादेश आउन लागेको थियो जसलाई शेख हसिनाले अनुमति दिइनन् । त्यसपछि २०२३ अगष्टमा हसिनाले बंगलादेशी नौसेनाको एउटा जहाजलाई गुडविल भिजिटमा पाकिस्तानमा पठाउन लागेकी थिइन् । ती दुबैलाई इण्डियाको दबाबमा रोकियो तर अहिले परिस्थिति अर्को छ । अमेरिकाले सत्ता परिवर्तन गरिदिएर आफ्नो कठपुतलीलाई त्यहाँको सरकार प्रमुख बनाए पनि बंगलादेशी जनताको मनमा इण्डियाविरोधी र देशभक्तिको भावना प्रतिदिन बढिरहेको छ । यस समारोहमा नौसेना, स्थलसेना र वायुसेना, कोष्टगार्डकोे नेतृत्वसमेत उपस्थित हुने बताइएको छ ।
यसमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षासहित क्षेत्रीय शान्ति र राजनीतिक स्थिरता सम्बन्धमा वार्ता हुनेछ । यस अतिरिक्त पाकिस्तानको परराष्ट्र सचिव इसहाक दार ढाकाको यात्रामा फेब्रुवरी पहिलो हप्तामा जाँदैछन् । उनी र बंगलादेशका परराष्ट्र सचिवबीच वार्ता हुनेछ । यसमा पारस्परिक सैन्य सहयोगका बारे कुराकानी हुने भनिएको छ । पाकिस्तान र बंगलादेशबीच राजनीतिक र सैन्य सम्बन्ध बढ्दै गएपछि इण्डियाका पूर्वमेजर जर्णेल अशोक कुमारले विभिन्न मिडियाहरूसँग भनेका छन् : ‘बंगलादेशको अन्तरिम सरकारको पाकिस्तानप्रतिको झुकाव दिनदिनै बढिरहेको छ । यसबाहेक पाकिस्तानको सामरिक नेताहरू बंगलादेशसँग सम्पर्कको घनिष्ठतालाई लिएर जसरी उनीहरूको प्रत्याशाको कुराहरू भनिरहेका छन्, त्यसले आगामी दिनहरूमा दिल्लीका लागि ठूलै चुनौती खडा गर्नेछ ।’
शायद त्यसैले होला इण्डियन सरकारले आफ्नो स्थलसेनाध्यक्ष उपेन्द्र द्विववेदीलाई बंगलादेशी सेनाको समकक्षीसँग वार्ता जारी राख्न भनेको हुनुपर्छ । यहीँनेर प्रश्न गर्नुपर्ने भएको हो : के नेपाली सेनाले देशको हितमा बंगलादेशी सेनाबाट शिक्षा लिन्छ ? अर्कोतिर पाकिस्तान र अफगानिस्तानसँग द्वन्द्व बढेको मौका छोपी तालिवानी सरकारलाई मान्यता नदिएको इण्डियाले अहिले वार्ता माध्यमबाट अफगानिस्तानलाई सहयोग दिने सहमति गरेको छ । इण्डिया त्यहाँ चीनको लगानी र प्रभाव बढ्दै गएकोले चिन्तित देखिन्छ ।
उता रुसले इण्डियाको दोहोरो चरित्र हेरेर उसलाई अफगान क्वाडमा सामेल गर्न अपिल गरेको छ । अफगान क्वाडमा चीन, रुस, इरान सामेल छन् । रुसी विदेशमन्त्री सर्गेई लाभारोभले भनेका छन् : ‘संघाई सहयोग संगठनभित्र विश्वासलाई मजबुत बनाउन वर्तमान अफगान क्वाडमा इण्डियालाई सामेल गर्नु सही पाइला हुनेछ ।’ यो रणनीतिक प्रस्तावले सम्भवतः भारतीय सरकारलाई छिमेकसँगका अप्रिय सम्बन्धहरूमा सुधार गर्न सहयोग पुग्नसक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच