रोल्पामा सानिमा इन्स्योरेन्सद्वारा मृतकका परिवारलाई १५ लाख ९१ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

एल.बि. मगर रोल्पा
Read Time = 5 mins

रोल्पा । रोल्पामा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले मृतकका परिवारलाई १५ लाख ९१ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ ।

आइतबार एक कार्यक्रमकाबीच सानिमा लाइफ इन्स्योरेन्सले रोल्पाको सुनिलस्मृति गाउँपालिका-६ दलङ्गा गाउँका मृतक स्थानीय शिक्षक तारानाथ थापाको १३औं पुण्यतिथिको अबसर पारेर मृतकका परिवार लाई उक्त बीमा रकम मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको हो ।

मृत्यु दाबी भुक्तानी कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका निबर्तमान मुख्य मन्त्री जोख बहादुर महराले मृत्यु दाबी भुक्तानी रकम मृतक थापाको श्रीमती सन्जु सेन थापा र बुवा दिलबहादुर थापालाई हस्तान्तरण गर्दै मानिसका लागि बीमा गर्नु अति आबस्यक भएको बताउदै बीमा गर्दा मृत्यु पछि परिवारलाई राहत मात्र नभई बीमा गरेको जो कोहि ब्यक्तिलाई बाचुन्जेल जिवनको हर समयमा विभिन्न कोण बाट लाभ हुने बताउनु भयो ।

मृतक थापाले एक बर्ष अगाडी मात्र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी मेनेजर (MDRT) बालाराम खड्का मार्फत बीमा गराएका थिए । मृत्यु दाबी भुक्तानी कार्यक्रममा बोल्दै एजेन्सी मेनेजर खड्काले आफ्नो बिशेष पहल र निरन्तर प्रयासका कारण निकै छोटाे समयमा आफू सम्बद्ध इन्स्योरेन्स संग बीमा दाबी रकम भुक्तानी उपलब्ध गराउन सफल भएको बताउनु भयो ।

यसैगरि मृत्यु दाबी भुक्तानी प्राप्त गर्दै मृतकका आफन्तले निकै छोटाे समयमा बिना झन्झट सरल र सहज रूपमा घरमै बसेर बीमा दाबी भुक्तानी गर्न सफल भएको बताए । मृत्यु दाबी भुक्तानीमा विशेष पहल र भुमिका निर्बाह गर्नु हुने स्थानीय एजेन्सी मेनेजर बालाराम खड्कालाई विशेष धन्यवाद दिदै बीमा दाबि भुक्तानीमा सहयोग गर्नुहुने सानिमा लाइफ इन्स्योरेन्स रोल्पा र दाङ शाखा प्रति हार्दिक आभार व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय प्रतिनिधि हिराबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टी रोल्पाका जिल्ला सभापति रमेश थापा, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका घोराही शाखा प्रमुख तिलक पाण्डे, एरिया मेनेजर रुद्रप्रसाद अधिकारी, रोल्पा शाखा प्रमुख ज्ञानेन्द्र शर्मा, एजेन्सी मेनेजर महेन्द्रराज रोका लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता स्थानीय जनज्योती माध्यमिक विद्यालय गजुलका व्यवस्थापन समितिका अध्यक्ष नरेश थापाले गर्नु भएको थियो ।

सुनिलस्मृति गाउँपालिका-६ गजुलकोट दलङ्गा रोल्पाका स्थानीय शिक्षक तारानाथ थापा गत पुस २२ गते राष्ट्रपति रनिङ शिल्डकालागि जनज्योति माध्यमिक विद्यालय गजुलको विद्यार्थीहरुलाई लिएर सुलिचौर, रोल्पा पुगेका थिए भने त्यसको भोलिपल्ट पुस २३ गते बिहान आफ्नै कोठामा मृत फेला परेका थिए । मृतक थापाका श्रीमती र दुई छोरिहरु छ्न् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
1 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
1 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?