गुल्मीमा भूमि समस्या समाधान आयोगका अध्यक्षद्वारा पदभार ग्रहण

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । भूमि समस्या समाधान आयोग जिल्ला समिति गुल्मीका अध्यक्ष कृष्ण सुनारले पदभार ग्रहण गर्नुभएको छ । सरकारद्वारा नवनियुक्त जिल्ला अध्यक्ष सुनारले जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्री, नेपाली कांग्रेसका जिल्ला सभापति खिलध्वज पन्थी, नेकपा (एमाले) का जिल्ला अध्यक्ष बालसिंह काउछा, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, स्थानीय समाजसेवी लगायतको उपस्थितिमा पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण पश्चात उहाँले गुल्मी जिल्लामा भएका भूमिसम्बन्धी समस्या, भूमिहिन दलित, अव्यवस्थित बसोबासी र सुकुम्बासीको समस्या समाधानका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल सरकारले निर्माण गरेको कानुन, ऐन र कार्यविधि अनुसार भूमि समस्या समाधान गर्न पहल गर्ने भन्दै अध्यक्ष सुनारले वडा, पालिका र सबैको सहयोगमा भूमिसम्बन्धी समस्या समाधानका लागि इमान्दारीका साथ काम गर्ने बताउनुभयो ।

त्यस अवसरमा जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्री, नेपाली कांग्रेसका जिल्ला सभापति खिलध्वज पन्थी र नेकपा (एमाले) का जिल्ला अध्यक्ष बालसिंह काउछाले अध्यक्ष सुनारलाई बधाई दिनुहुँदै भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या समाधान हुने गरी काम गर्न सुझाव दिनुभयो । उहाँहरुले वास्तविक सुकुम्बासीको पहिचान गरेर समाधान गर्नतर्फ बिशेष ध्यान पुर्‍याउन आग्रह गर्नुभयो । उहाँहरुले भूमिहीन समस्या समाधानका निम्ति आवश्यक सल्लाह सुझाव र समन्वयका लागि आफुहरु सँगसँगै रहेको बताउनुभयो । आयोगको जिल्ला समितिमा विज्ञ सदस्यसहित थप तीन जना सदस्य नियुक्ति गर्न बाँकी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?