
काठमाडौं । मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले स्कटल्यान्डलाई ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बांगीस्थित युएसडी-युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको हो ।
नेपालकी कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । ४३ बल खेलेकी उनले ३ चौका प्रहार गरिन् । सावित्री धामीले १० रन जोड्दा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा स्कटल्यान्डकी माइसी मसेराले सर्वाधिक ५ विकेट लिइन् ।
पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।
नेपाल र स्कटल्यान्डले हालसम्म एक एक खेल खेलेका छन् । दुवै टोली आज पहिलो जितको खोजीमा छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच