काठमाडाैं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले खेलकुदमार्फत विश्वमा शान्ति र सद्भावको सन्देश फैल्याउन सकिने बताउनुभएको छ ।
सोमवारबाट त्रिभूवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा शुरु भएको अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टि २० नेपाल कप क्रिकेटको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो दुई दशकदेखि नेपालले क्रिकेटको क्षेत्रमा उदाउँदै गरेको देशको पहिचान स्थापित गर्न सफल भएको बताउनु भयो । उहाँले खेलकुद संस्कृति, विचार र विभिन्न क्षेत्रको विविधतालाई जोड्ने कडी रहेको बताउनु भयो ।
क्रिकेटबाट अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न मद्दत पुग्ने उहाँको विश्वास छ । खेलकुदबाट देशको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने र अनुशासित युवा शक्तिको विकासद्वारा समृद्ध नेपालको निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले राज्यले खेलकुदको क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संसार आज आक्रान्त छ । तपाईंहरुले क्लाइमेट चेन्जको बारेमा थाहा पाउनु नै भएको छ । खेलकुदमार्फत विश्वमा शान्ति र सद्भावको सन्देश फैल्याउन सकिन्छ । पछिल्लो दुई दशकदेखि नेपालले क्रिकेटको क्षेत्रमा उदाउँदै गरेको देशको पहिचान स्थापित गर्न सफल भएको छ । यसले संस्कृति, विचार र विभिन्न क्षेत्रको विविधतालाई जोड्ने कडीको रुपमा सहयोग गर्नेछ । क्रिकेटबाट अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न मद्दत पुग्नेछ । देशको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने र अनुशासित युवा शक्तिको विकासद्वारा समृद्ध नेपालको निर्माण हुने विश्वास छ । यसको विकासमा राज्यले खेल्ने भुमिका जति सन्तोषजनक छ त्यो भन्दा बढी होस् ।’
प्रथम राष्ट्रपति यादवले अहिले जलवायु परिवर्तनको असर कम गर्न, लागुऔषध नियन्त्रणमा लाग्न सबै एकजुट हुनुपर्ने बताउनु भयो । उहाँले हमासले बन्दी बनाएका नेपालका विपिन जोशीको रिहाईको आग्रह गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच