२०८१ बाट निवृत्तिभरण ऐन कोषमा शिक्षक सेवा समावेश हुन्छ : शिक्षामन्त्री भट्टराई

हिमालय टाइम्स
Bidhya Bhattarai
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले २०८१ बाट मात्रै निवृत्तिभरण ऐनमा शिक्षक सेवा समावेश हुने बताउनुभएको छ ।

सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले २०८१ बाट मात्रै निवृत्तिभरण ऐनमा शिक्षक सेवा समावेश हुने जानकारी दिनुभएको हो । उहाँले केही दिनअघि सरकारले जारी गरेको अध्यादेशमा निवृत्तिभरण ऐनको बारेमा पनि उल्लेख भएको बताउँदै निवृत्तिभरण कोषमा शिक्षक सेवा समावेश कहिले भन्ने प्रश्न रहेको बताउनु भयो ।

सोही बारेमा आजको मन्त्रीपरिषद् बैठकमा आफूले कुरा राखेको र छलफलमा ऐन बनेपछि (२०८१) बाट मात्रै निवृत्तिभरण ऐन कोषमा शिक्षक सेवा समावेश हुने स्पष्ट भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निवृत्तिभरण ऐनको बारेमा जुन अध्यादेशमा आयो, त्यसमा शिक्षक सेवा पनि समावेश हुने निवृत्तिभरण ऐन कोषमा भन्ने आयो । त्यसमा शिक्षकहरुमा केही कन्फ्युजन थियो । कहिलेबाट भनेर । मैले आज मन्त्रीपरिषद्मा यो विषय प्रवेश गराएँ । त्यहाँ जबबाट ऐन बन्यो त्यहीलेदेखि नै होला । २०८१ सालबाट मात्रै उहाँहरु त्यसमा समावेश हुनुहुन्छ । अगाडिको शिक्षकहरु पेन्सनकै प्रावधानमा रहनुहुन्छ ।’

२०२१ सम्मका शिक्षकहरु भने पेन्सनकै प्रावधानमा रहने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
नेकपाको महाधिवेशन स्थानीय तह निर्वाचनपछि, वडा र पालिका अधिवेशनको मिति तय एआईजी दाहाललाई बर्खास्त गर्ने निर्णयबारे गृहमन्त्रीको सचिवालयको स्पष्टीकरण नेपथ्यको कन्सर्टले तताउनेछ दसैँको माहोल, कीर्तिपुरमा अन्तिम तयारी पूरा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त काँग्रेस महाधिवेशनः ५ हजार ६ सय बढी मत खस्यो जलवायु परिवर्तनको असर विश्वसामु पुर्‍याउन खेलकुद प्रभावकारी माध्यम बन्न सक्छ : मन्त्री… हेटौँडामा ठगीको आशङ्कामा तीन जना पक्राउ, ५२ नागरिकताका प्रतिलिपि र ४३ सिमकार्ड… कांग्रेस सभापतिको मतगणना आजै रातिदेखि, ५१ प्रतिशत मत नआए दोस्रो चरणको चुनाव सेन्चुरी मसलाको नयाँ एयरटाइट जार प्याकेजिङ, प्रत्येक जारमा १५ प्रतिशत अतिरिक्त मसला… इनम सापकोटा पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण रिट खारेज