
धरान । धरान उपमहानगरपालिका–११ मा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
आज दिउँसो १ बजे धरान–उपमहानगरपालिका–११ स्थित कुर्विता चोकबाट सिमाना चोकतर्फ जाँदै गरेको प्र.१–०१–००१ क १२६१ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा धरान–११ बस्ने ८६ वर्षका वीरबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।
तिमल्सिनाका अनुसार ट्रकको ठक्करबाट विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो । ट्रक चालक धरान उपमहानगरपालिका–८ बस्ने ४८ बर्षका सन्तवीर श्रेष्ठलाई धरान इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच