
अबुधावी । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित गल्फ जायन्ट्स अन्तर्राष्ट्रिय लिग (आइएल) टी-२० मा पराजित भएको छ । आइतबार राती सम्पन्न खेलमा गल्फ अबुधावी नाइट राइडर्ससँग ३७ रनले पराजित भएको हो । गल्फले चौथो खेल खेलिसक्दा दीपेन्द्रले भने लिगमा डेब्युको अवसर पाउनुभएको छैन ।
नाइट राइडर्सले दिएको १७७ रनको लक्ष्य पछ्याएको गल्फले २० ओभरमा ८ विकेट गुमाएर १३९ रनमात्र जोड्न सक्यो । त्यसअघि दुबई क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नाइट राइडर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७६ रन जोडेको थियो ।
जितसँगै नाइट राइडर्स चार खेलमा चार अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । पराजित गल्फ चार खेलमा दुई अंकका साथ पाँचांै स्थानमा छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच