
काठमाडौं । दक्षिण एसियाका महिला कलाकारहरूको काठमाडौंमा बृहत् कला प्रदर्शनी हुने भएको छ । तारागाउँ सांस्कृतिक केन्द्रको आयोजना र सर्राफ फाउण्डेशनको सहकार्यमा जनवरी २५ र २६ मा बौद्धस्थित तारागाउँ नेक्स्टमा प्रदर्शनी हुनलागेको हो ।
डा.अर्शिया लोखन्डवालाको परिकल्पनामा हुने ‘फेमिनिस्ट फ्युचरः आर्ट, एक्टिभिजम, साउथ एसियन वुमनहुड’ नामक प्रदर्शनीले दक्षिण एसियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने आयोजकको अपेक्षा छ ।
प्रदर्शनीमा भारतका चार, नेपालका तीन, श्रीलंका, पाकिस्तान र बंगलादेशका एक–एकजना गरी १० महिला कलाकारले दक्षिण एसियाको पितृसत्तात्मक संरचना, लैंगिक राजनीति र नारीवादका विविध पक्ष कलामार्फत उजागर गर्ने जनाइएको छ ।
नेपालबाट अश्मिना रञ्जित, उमा विष्ट र विधाता केसी, भारतबाट अनिता दुबे, मिथु सेन, सेवा छाच्छी र पुष्पमाला एन, श्रीलंकाकी अनोली पेरेरा, पाकिस्तानकी नाइजा खान र बंगलादैंशकी तायबा बेगम लिपिका सिर्जना कला प्रदर्शनीमा सहभागी हुने जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच