काठमाडौं । नेपाली कांग्रेसका अग्रज नेता रामबहादुर बस्नेतको ७८ वर्षको उमेरमा सोमबार निधन भएको छ । काठमाडौंस्थित निवासमा उहाँको निधन भएको पार्टीले जनाएको छ । उहाँ तत्कालीन जिल्ला विकास समिति सुनसरीका पहिलो सभापति एवं नेपाली कांग्रेस सुनसरीका पूर्वसभापति हुनुहुन्थ्यो । उहाँ दुई पटक कांग्रेस सुनसरीको सभापति हुनुभएको थियो । १०औं र ११औं महाधिवेशनबाट उहाँ पार्टीको जिल्ला सभापति बन्नुभएको थियो ।
प्रजातन्त्र स्थापनापछि २०४९ सालमा भएको स्थानीय निकाय निर्वाचनबाट बस्नेत जिविस सुनसरीको सभापति निर्वाचित हुनुभएको थियो । उहाँ जिविस सुनसरीका पहिलो सभापति पनि हुनुहुन्थ्यो ।
यसैबीच, सुनसरी कांग्रेसले नेता बस्नेतको निधनप्रति दुःख व्यक्त गरेको छ । सभापति केदार भण्डारी, प्रवक्ता तथा सचिव वीरेन्द्रकुमार साह र माधव घिसिङले शोक वक्ताव्य जारी गरेर दुःख व्यक्त गर्नुभएको छ । बस्नेतको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि मंगलबार पार्टी कार्यालय इनरुवामा राखिने भएको छ । माघ ७, ८ र ९ गते सुनसरी जिल्ला अन्तर्गतका सबै वडा कार्यालयमा पार्टीको झण्डा आधा झुकाइने कांग्रेसले जनाएको छ । यस्तै इनरुवा नगरपालिकाले मंगलबार उहाँको निधनमा शोक विदा दिने निर्णय गरेको छ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बस्नेतको निधनमा दुःख व्यक्त गर्नुभएको छ । सभपति देउवाले शोक वक्तव्य जारी गर्दै बस्नेतको निधनको खबरले आफूलाई दुःखित र मर्माहत बनाएको उल्लेख गर्नुभएको हो ।
‘बस्नेतले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ’, शोक वक्तव्यमा उल्लेख छ। सभापति शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।







रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८
उदितनारायणको परिवारद्वारा विपद् कोषमा पाँच
अस्पतालको गेटमै प्रसूति गराउने बवितालाई
सेमन्तको मुक्तक संग्रह‘अँधेरीमा जून’ प्रकाशन
‘देहूडु : अलौकिक ऊर्जा’ प्रकाशित
म्यानचेस्टर डर्बीमा सिटीको विवादास्पद जित