
✍️ डा. माधव अधिकारी
हाम्रो देशमा कूल गार्हस्थ्य उत्पादनमा २७ प्रतिशत योगदान रहेको साथै ६०.४ प्रतिशत जनसंख्या आबद्ध भएको कृषि क्षेत्र आर्थिक समृद्धि हाँसिल गर्ने राष्ट्रकै मूल आधारशिला हो । उच्च समावेशी आर्थिक वृद्धिमा योगदान पुर्याउने क्षेत्र भएकाले कृषि वैज्ञानिक ढंगले सुधार तथा रूपान्तरण गर्दै विगतका प्रयासलाई सघन बनाई उत्पादन र उत्पादकत्वमा वृद्धि गर्नु अति आवश्यक छ । नेपालको संविधानले खाद्यसम्बन्धी अधिकरलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको सन्दर्भमा विभिन्न कारणले उत्पन्न हुनसक्ने खाद्य तथा पोषण संकटको अवस्थालाई मध्यनजर गर्दै प्रमुख खाद्यान्न फलफूल, तरकारी र माछामासु उत्पादनमा आत्मानिर्भरताका लागि कृषिमा नीतिगत, संरचनागत र संस्थागत सुधारको अति आवश्यक छ ।
देशलाई खाद्य सम्प्रभु तुल्याएर स्वाधीन अर्थतन्त्रको विकास गर्न कृषि क्षेत्रमा उल्लेख्य मात्रामा लगानी बढाउन पनि त्यत्तिकै आवश्यक छ । नेपालको संविधानका अधिकार सूची, कृषि क्षेत्रको समग्र विकासका लागि मार्गचित्रणको रूपमा रहेको कृषि विकास रणनीति र दिगो विकास लक्ष्यलाई मार्गदर्शनको रूपमा लिएको पाइन्छ । रणनीतिले कृषि तथा पशुपक्षीजन्य उत्पादनको व्यावसायिकीकरण, यान्त्रिकीकरण र विविधीकरण गरी यस क्षेत्रलाई प्रतिस्पर्धी बनाउन जोड दिएको छ । दिगो विकास लक्ष्यले लिएको भोकमारीको अन्त्य गर्ने, खाद्य सुरक्षा तथा पोषण सुनिश्चित गर्ने, दिगो कृषिको प्रवद्र्धन गर्ने लक्ष्य हाँसिल गर्नेगरी यो क्षेत्रमा स्रोतसाधनको वैज्ञानिक परिचालन गर्नुपर्दछ ।
भूमिलाई षोडशोपचारबाट गणपतिको स्मरणका साथै इष्टदेव एवं कुलदेवतालाई प्रणाम, अभिवादन गरी आ-आफ्नो विधिपूर्वक पूजा गरी नयाँ बाली लगाइन्छ । हाम्रो देशका सबै भागमा विभिन्न प्रकारबाट भूमि पूजा गर्ने आफ्नो-आफ्नो प्रचलन भने छँदै छ । असारलाई मुठी छरेर मुरी उत्पादन गर्ने महिनाको रूपमा लिइन्छ ।
त्यस्तै कृषि क्षेत्रको औद्योगिकीकरणको माध्यमबाट थप रोजगारी सिर्जना गरी आय आर्जन, गरिबी निवारण तथा आयात व्यवस्थापनलाई समेत सम्बोधन गर्नुपर्दछ । संघ, प्रदेश र स्थानीय तहको लगानीलाई कृषि क्षेत्रको समग्र विकासमा प्रभावकारी रूपबाट परिचालन गर्नु आजको आवश्यकता हो । असार महिनामा रोपाइ सुरु गर्नु अगावै पञ्चतत्व स्वरूपमा भूमिको पूजन गर्ने प्रथा हाम्रो देशमा छ । विशेषगरी मगर समुदायको चर्चित पर्व भूमे मगरातअन्तर्गत रोल्पा, रुकुम, सल्यान, पाल्पा, दैलेख, जाजरकोट आदि जिल्ला र दाङलगायत राप्ती अञ्चलका सबै जिल्लामा धुमधामसँग मनाइन्छ । रुकुमको मगर समुदाय आफ्नो पहिरनमा बाजागाजासहित लेकमा पुगी वन देवतालाई पूजा गरेर फूलपाती टिपी ल्याउने गर्दछन् । पुर्खाले जंगल खोस्रेर अन्न बाली लगाउन थालेदेखि नै यो पर्व मनाउन थालको इतिहास पाइन्छ । विशेषगरी, भूमेपूजाको सन्दर्भ कृषि र वर्षासँग छ ।
आफ्नो चालचलन अनुसार ठाउँ हेरी असार १ गतेबाटै औपचारिक रूपमा भूमिपूजा सुरु हुन्छ । जेठको अन्तिम दिन लेकबाट फूलपाती टिपेर ल्याई भूमि पुजा सुरु गरिन्छ । स्मरण रहोस्, यो कार्य गरेपछि वर्षाको कमी नहुने मान्यता छ । त्यसकारण, भूमेपूजाको महत्व खेतीपातीमा अझै बढेको छ । बाढीपहिरो, हुरी बतास जस्ता प्राकृतिक प्रकोपबाट बच्नलाई र खेतीपातीको राम्रो काम गर्दै भूमि माताको असारमा एक हप्तासम्म नाचगान गरी पूजा गरी मेला नै लाग्छ । भूमे पर्वलाई कसैकसैले भूमेमेला पनि भन्दछन् । चाहे भूमिमा केही निर्माण होस् या कृषिको भूमि परीक्षण एवं सोधपश्चात भूमिपूजा गरिन्छ । भूमिमा गणेश स्थापना गरी यो पूजा गर्ने चलन छ । सनातन् दर्शनमा भूमिलाई गौरूप समान मानिन्छ ।
तसर्थ, भूमिलाई षोडशोपचारबाट गणपतिको स्मरणका साथै इष्टदेव एवं कुलदेवतालाई प्रणाम, अभिवादन गरी आफ्नो-आफ्नो विधिपूर्वक पूजा गरी नयाँ बाली लगाइन्छ । हाम्रो देशका सबै भागमा विभिन्न प्रकारबाट भूमि पूजा गर्ने आफ्नो-आफ्नो प्रचलन भने छँदैछ । असारलाई मुठी छरेर मुरी उत्पादन गर्ने महिनाको रूपमा लिइन्छ । असार साउन महिना किसान भोकतिर्खा र पसिना बिर्सेर खेतीपाती गर्नमा व्यस्थ हुन्छन् । असार १५ लाई किसानहरू चाडको रूपमा दहीचिउरा÷सेलरोटी अचार खाई खुशीले मनाउँछन् । यो क्रममा ब्याडमा राखिएको धानको बिउलाई उखेलेर मुठा पार्ने मानिसलाई बिउ काड्ने मानिस वा ब्याडे भनिन्छ । धानको बिउ रोप्नेलाई रोपार भने सम्याएर माटोलाई लेदो बनाएर धानको बिउ रोप्ने खेत तयार पार्ने बाउसे हुन् ।
साथै आफ्नो रोपाइँ समाप्त भएपछि रोपाइँ समाप्त नुहनेलाई सघाउने प्रचलन पनि छ । खेत रोपाइँ सकिएपछि खुशियालीको रूपमा मैजारो खाने हाम्रो संस्कृति छ । केही वर्षयता, असार पन्ध्रलाई राष्ट्रिय स्तरमा धान दिवसको रूपमा मनाउन थालिएको पाइन्छ । रोपाइँ गर्दा एक प्रकारको असारे गीत गाई हिलो छ्यापाछ्याप गरी सो दिवस मनाउने संस्कृति छ । असार १५ लाई किसानहरू चाडको रूपमा दहीचिउरा/सेलरोटी अचार खाई खुशीले मनाउँछन् । साँच्चै भन्नुपर्दा कृषिउपज हाम्रो जीवन हो । यो हाम्रो संस्कृतिको रूपमा जोडिएको छ ।
अव्यवस्थित सहरीकरण, जग्गाको खण्डीकरण र जग्गा बाँझो राख्ने प्रवित्तिलाई निरुत्साहित गर्दै कृषि भूमिलाई उपयोगमा ल्याउनु तथा कृषि प्रसार सेवामा किसानको पहुँच अभिवृद्धि गर्नु, सिमित स्रोतसाधन, कृषिऋण, बिमा, प्रविधि र ज्ञानको प्रयोगलाई तारतम्य मिलाई कृषि उत्पादनमा वृद्धि गर्नु स्थानीय सरकारको प्रमुख भूमिका हो ।
उदाहरणको रूपमा असार पन्ध्र दहीचिउरा/सेलरोटी अचार, साउने संक्रान्ति लुतो फ्याँकेर हरियो मकै पोली प्रसादको रूपमा खाने, साउन पन्ध्र खीर, जनैपूर्णिमामा क्वाँटी, दशैँमा दहीचिउरा, केरा, तिहारमा सेलरोटी, हरिबोधिनी एकादशीमा फलफूल, सोको भोलिपल्ट द्वादशीमा नयाँ अन्न न्वागीको रूपमा दहीचामल, पन्ध पुसमा लट्टे, माघे संक्रान्तिमा खिचडी, तरुल, चाकु, तिलको लड्डु र विभिन्न खाद्य परिकार, योमरी पूर्णिमामा योमरी, अक्षय तृतीयामा सातु सर्वत खाइन्छ । यी माथिका खाद्यान्न परिकार हाम्रो रीतिरिवाजसँग जोडिएको छ । पहिले यी खाद्यान्नबाट बनाएका परिकार खाइन्थ्यो भने आजभोलि जुनबेला पनि पहुँचको आधारमा खान पाइन्छ ।
हाम्रो देश हुन त कृषिप्रदान देश हो र कृषिसँग खाना जोडिएको छ । कृषि उत्पादन वृद्धि गर्न अपरिहार्य स्रोतसाधन र सामग्रीको न्यून उपलब्धता, आर्थिक भौगोलिक पूर्वाधार जस्तै सिँचाइ, सडक, कृषि बजार, शीतभण्डार र गोदामघर संकलन तथा बिजुलीको अपर्याप्तता मूल समस्याका रूपमा देखिएको पाइन्छ । कृषीजन्य उत्पादनमा आशातीत उपलब्धि हाँसिल गर्न उन्नत, नश्ल तथा बिउको प्रतिस्थापन दर अन्त्यन्त कम छ । यसको अतिरिक्त वैदेशिक रोजगारीमा युवा शक्ति, खाडीमुलुक जाने र जग्गाको तीव्र खण्डीकरण प्रमुख समस्याके रूपमा देखापरेका छन् । साथै, कृषिमा वैज्ञानिक जनशक्ति व्यवस्थापन कमजोर, कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, पूर्वाधार, व्यापारीकरण, औद्योगिकीकरण आदि प्रमुख समस्या हुन् ।
माथि भनेजस्तै मुख्य व्यावसायिक वातावरणको अपर्याप्तताको कारण कृषिका लागि आवश्यक जनशक्तिको रूपमा रहेका युवा जनशक्ति अन्यक्षेत्र तथा वैदेशिक रोजगारमा संलग्न भई हाम्रा गाउँघरका कृषियोग्य जमिनमा उनिउँ फूलेर उत्पादकत्वमा ह्रास आएको छ । अर्काेतिर अव्यवस्थित शहरीकरण, जग्गाको खण्डीकरण, जग्गा बाँझो राख्ने प्रवित्तिलाई निरुत्साहित गर्दै कृषि भूमिलाई उपयोगमा ल्याउनु तथा कृषि प्रसार सेवामा किसानको पहुँच अभिवृद्धि गर्नु, सीमित स्रोतसाधन, कृषिऋण, बीमा, प्रविधि र ज्ञानको प्रयोगलाई तारतम्य मिलाई कृषि उत्पादनमा वृद्धि गर्नु स्थानीय सरकारको प्रमुख भूमिका हो ।
भौगोलिक तथा जैविक विविधताजन्य सम्भाव्यता प्रभावकारी अध्ययन हुनु, पँुजी प्रेरणा, आत्माविश्वास र प्रविधिबारेको ज्ञानसहित वैदेशिक रोजगारबाट फर्केका युवालाई कृषि व्यवसायमा आकर्षण गर्नु जैविक खेती, कृषि वनप्रति उद्यमी, सरोकारवालाको आकर्षण बढाउनु, उत्पादित वस्तुको देशभित्रै तथा बढी भएमा देशबाहिर व्यापारको पहुँच वृद्धि गर्नुपर्दछ । कृषि ऋण, बीमा, नवीन प्रविधि आदिको प्रभावकारी विकास गर्नु जलवायु परिवर्तनसँग जुध्न ज्ञान, सीप, प्रविधि र स्रोतको उचित व्यवस्थापन गर्नुपर्दछ । माथि भनेजस्तै संघ, प्रदेश सरकारको समन्वयमा स्थानीय सरकारकै अहम् भूमिका रहन्छ । त्यसपछिमात्र कृषि उपजसँग जोडिएको हाम्रो संस्कृतिद्वारा कृषिमा क्रयशक्ति वृद्धि हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच