
वाशिङ्गटन । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्नुभएको छ । शपथ ग्रहण गरेपछि उहाँले भन्नुभयो, ‘अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने आफ्नो योजना प्रकट पार्नुभयो ।
उहाँले राष्ट्रको भविष्यको प्रगतिको लागि कडा प्रयास गर्ने र अमेरिकालाई नयाँ उच्चतामा पुर्याउने आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो।’
ट्रम्पले आफ्नो शपथ ग्रहण समारोहमा अमेरिकाका नागरिकलाई एकताबद्ध भएर काम गर्नको लागि आह्वान गर्नुभयो । उहाँले भन्नु भयो, ‘यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने समय हो। यस समारोहले अमेरिकी लोकतन्त्रको महत्वलाई पुनः प्रमाणित गर्दै, देशको आगामी यात्रा र नेतृत्वको एक नयाँ अध्यायको शुरुआत गरेको छ।’
उहाँको सपथ ग्रहण समारोहमा विभिन्न देश प्रतिनिधीहरुको सहभागीता थियो । जसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।
ट्रम्पको सपथ ग्रहणका लागि अमेरिकी सुरक्षा निकायले ३६ माइलको सुरक्षा घेरा बनाएको थियो । जसमा २५ हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरियो भने ८ सय राष्ट्रिय गार्डहरू पनि रहेका थिए ।
चुनावी अभियानका क्रममा डोनाल्ड ट्रम्पमाथि दुई पटक घातक हमला भएको थियो । यसैलाई ध्यानमा राख्दै गोप्य सेवा र अन्य सुरक्षा निकायहरू सबै सम्भावनाका लागि तयार पारिएको थियो ।
सपथ लिनुअघि नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया वासिङ्टनको लाफायेट स्क्वायरस्थित सेन्ट जोन्स एपिस्कोपल चर्च पुगेका थिए भने ट्रम्पले सपथ लिनुअघि रुसी राष्ट्रपति पुटिनले सुरक्षा परिषद्सँग भेट गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच