अमेरिकामा टिकटक पुनः सञ्चालन

काठमाडाैं । देशभर लाखौं प्रयोगकर्ताहरूको पहुँच निलम्वन गरिएको केही घण्टापछिसंयुक्त राज्य अमेरिकामा टिकटकको सेवा पुनः शुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दीर्घकालीन समाधानको लागि काम गर्ने प्रतिवद्धतासँगै टिकटकलाई संयुक्त राज्य अमेरिकामा पुनः सञ्चालन गरिएको हो ।

ट्रम्पले राष्ट्रपतिको रूपमा शपथ लिएको केही घण्टाभित्रै जो बाइडेन प्रशासनका धेरै कार्यकारी आदेशहरू रद्द गर्नुभएको छ । नवनिर्वाचित राष्ट्रपतिले सीमा सुरक्षा, ऊर्जा, संघीय सरकारी खर्च, टिकटक र विविधता, समानता र समावेशीकरण कार्यक्रमहरू सम्बन्धी कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्नुभएको छ ।

अमेरिकी सर्वोच्च अदालतले टिकटकको चिनियाँ मालिक बाइटडान्सलाई अमेरिकी कम्पनीलाई एप बेच्न बाध्य पार्ने कानूनलाई समर्थन गरेको एक दिनपछि शनिवार रातिदेखि टिकटकमा प्रतिवन्ध लगाइएको थियो ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
1 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?