बैतडी । बैतडीमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको शिवनाथ गाउँपालिका-५ बारुगाउँकी ५१ वर्षीया कलावती साउँदको मृत्यु भएको हो ।
घर नजिकै रहेको भिमलको रुखमा स्याउला काट्ने क्रममा माघ ५ गते रुखबाट लडेर साउँद गम्भीर घाइते भएकी थिइन् ।
डडेल्धुरा अस्पतालमा उपचारका क्रममा साउँदको सोमबार राती १० बजेतिर उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच