सर्लाही । सर्लाहीको हरिवनमा राष्ट्रिय सहकारी बैंक हरिवन शाखाको आयोजनामा दुई दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । तालिम कार्यक्रम शाखा संयोजन अध्यक्ष केशव ढकालको अध्यक्षतामा सम्पन्न भएको हो ।
उक्त तालिममा राष्ट्रिय सहकारी बैंकका प्रशिक्षक राजकुमार बरालले सहकारी सञ्चालनका विभिन्न आयाम र चुनौती समाधानका उपायबारे प्रशिक्षण दिनुभयो । तालिममा हरिवन शाखा सेवा क्षेत्रमा रहेका २० सहकारीका अध्यक्ष र व्यवस्थापक गरी ४० जनाले सहभागिता जनाएका थिए ।
तालिमले सहकारी सञ्चालनका क्रममा आउने समस्या समाधानका उपाय, संस्थागत प्रक्रियामा सुधार, र व्यवसाय प्रवद्र्धनका विधिहरूबारे सहभागिहरूलाई जानकारी प्रदान गर्यो। राष्ट्रिय सहकारी बैंक हरिवन शाखाका प्रमुख नारायण लमिछानेका अनुसार, यस तालिमले सहकारी संस्थाका प्रमुख र व्यवस्थापकलाई सरकारको नयाँ कानुन, नीति, र नियमावलीका विषयमा पनि सचेत गराएको छ ।
कार्यक्रममा सहकारी संस्थाको सदस्यहरूसँग व्यवहार गर्ने तरिका, सञ्चालक समितिका तथा व्यवस्थापकको काम, कर्तव्य र अधिकारका साथै व्यवसाय विस्तार गर्न आवश्यक रणनीतिका बारेमा पनि चर्चा गरिएको थियो ।
सामुदायिक सञ्चार एकताका प्रतिनिधि माधव खरेलका अनुसार, तालिमले सहकारी संस्थाका सदस्य र व्यवस्थापकहरूलाई सहकारी सञ्चालनमा आउने समस्याहरू समाधान गर्न थप दक्ष बनाउने विश्वास गरिएको छ । साथै, जिल्लाभरिका सहकारीहरूले सहकार्य गरेर समस्याहरू समाधान गर्ने विषयमा समेत प्रशिक्षण प्रदान गरिएको थियो ।
राष्ट्रिय सहकारी बैंक हरिवन शाखाका अनुसार, यस्ता तालिमले सहकारी क्षेत्रमा व्यवस्थित र प्रभावकारी व्यवस्थापनको मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच