युक्रेन युद्धबारे नयाँ अमेरिकी प्रशासनसँग वार्ता गर्न तयार छु : पुटिन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस युक्रेन संकटमा नयाँ अमेरिकी प्रशासनसँग वार्ता गर्न खुला रहेको बताउनुभएको छ । पुटिनले देशको सुरक्षा परिषद्का सदस्यहरूसँगको बैठकमा यस्तो टिप्पणी गर्नुभएको हो ।

राष्ट्रपतिले युक्रेन संकटको सम्भावित समाधानमा थप द्वन्द्वको लागि सेनाहरूलाई पुनः समूहवद्ध गर्न अस्थायी युद्धविराम समावेश हुनु नहुने बताउनु भयो । तर यस क्षेत्रका सबै देशहरूको वैध हितको सम्मानमा आधारित दीर्घकालीन शान्ति प्राप्त गर्नुपर्ने बताउनु भयो । रूसी नेताले मस्कोले कहिल्यै वार्तालाई अस्वीकार नगरेको बताउनु भयो ।

कुनैपनि अमेरिकी प्रशासनसँग सहयोग गर्न सधैं खुला रहेको बताउनु भयो । यसैबीच, पुटिनले ट्रम्पलाई शपथग्रहणको बधाई दिनुभयो । बैठकको क्रममा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले नयाँ अमेरिकी प्रशासन र अन्य पश्चिमी नेताहरूसँग सम्पर्क गर्न मस्को तयार रहेको पुष्टि गर्नुभयो ।

रुसको विदेश मन्त्रालयले टोकियोले आफ्नो अमित्रतापूर्ण नीतिहरू त्याग्न ठोस कदम चालेमा मस्को जापानसँग वार्ता पुनः शुरु गर्न तयार हुने बताएको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?