महोत्तरी । यहाँको सोनमा गाउँपालिका-२ का २९ वर्षीय नरेन्द्र यादवको गम्छाले घाँटी थिचेर हत्या गरिएको अवस्थामा आज शव भेटिएको छ ।
तत्कालीन सोनमा गाविसका पूर्वअध्यक्ष गोखुलप्रसाद यादवका छोरा नरेन्द्रको सम्सी गाउँपालिका-१ स्थित गहुँ खेतमा गम्छाले घाँटी थिचेर हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिनुभयो ।
प्रहरी उपरीक्षक पोखरेलकै नेतृत्वको टोली घटनास्थल पुगी सर्जमिन मुचुल्का गर्नुका साथै शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर ल्याउने तयारी गरेको छ । घटनाबारे अनुसन्धान भइरहेकाले विस्तृत विवरण पछि दिइने प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच