पाल्पामा धमाधम पक्राउ पर्दै फरार प्रतिवादी : २० वर्षपछिका अभियुक्त समेत समातिए

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 3 mins

पाल्पा । पाल्पामा धमाधम फरार प्रतिवादीहरु पक्राउ परेका छन् । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेकाअभियुक्तलाई प्रहरीले खोजी खोजी पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले ११ महिनामा विभिन्न अपराध गरी लामो समयसम्म फरार रहेका ६८ जना फरार प्रतिवादीलाई पक्राउ गरिसकेको छ ।चालु आर्थक वर्षको पुस २९ गतेसम्म विभिन्न मुद्दामा अदालतबाट सजाय पाएर पनि फरार रहेका उक्त संख्याका प्रतिवादीलाई पक्राउ गरेर सजाय र जरिवाना भुक्तान गराउने काम गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले अदालतबाट दोषी करार भएर कैद भुक्तान र जरिवानाबाट बच्ने आशले फरार रहेका २० वर्ष पछी सम्मका प्रतिवादीलाई पक्राउ गरेको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । २०८०/११/७ देखि २०८१/०९/२९ गते सम्ममा फैसला पछिको अवधिलाई हेर्दा २० वर्षपछि २ जना, १५ वर्षपछि १ जना, १० वर्षपछि २२ जना, ५ वर्षपछि १५ जना र ५ वर्ष भन्दा कम अवधिका २८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । उहाँकाअनुसार अदालतबाट दोषी करार भएर सजाय पाए पनि फरार रहेका प्रतिविादीलाई योजना नै बनाएर पक्राउ गरिएको हो ।

फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालयको फैसला कार्यान्वयन टोलीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको प्रमुख प्रहरी उपरीक्षक चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘अदालतले फैसला गरिसकेका मुद्दाका फरार प्रतिवादीलाई खोजी गर्ने अभियान अहिले पनि जारी छ । ’पक्राउ परेकाबाट २० वर्ष १ महिना १ दिन कैद र ७१ लाख ३६ हजार ९ सय ४३ जरिवाना असुलउपर गरिएको सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?