रोल्पा । रोल्पामा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा रुन्टीगढी गाँउपालिका वडा न. ७ बलबाङ निवासी अन्दाजी ७५ बर्षिय मनबुझा बिक रहेकी छन् ।
दाङको घोराहीबाट डुब्रीङ तर्फ गैरहेको रा १ ख २३५६ नम्बरको बसले मंगलबार दिउँसो बाटोमा पैदल हिड्दै गरेकी विकलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय होलेरीबाट गएको प्रहरी निरीक्षक सरोज प्रजापति नेतृत्वको टोलीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ । बस चालक प्रहरीकाे नियन्त्रणमा छन् ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…